logo
  • शनिबार, भाद्र २० २०८३

NRNA NCC कतारको सचिवमा प्रतिवद्धता सहित श्रेष्ठको उम्मेद्वारी


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क,कतार ।
कृष्ण सारू मगरको हुन त दिल कुमार श्रेष्ठ ? विगत २००७ देखि श्रमिकका रूपमा प्रवेश गरेका स्थाई घर पर्वत जिल्ला साविक थापाठाना- २ भई हाल फलेवास नगरपालिका -२ बस्ने बाबा टेक ब. श्रेष्ठ तथा आमा कुश कुमारी श्रेष्ठको कोख बाट माहिला सन्तानको रूपमा जन्मेका वर्ष ३२ का दिल कुमार श्रेष्ठ माहिला छोरा हुन् ।पत्रकारिताको साथै सदैव संस्थागत सामाजिक गतिविधिहरुमा रुचि राख्नुका साथै विभिन्न संस्थामा आबद्ध रहि सचिव तथा महासचिव लगाएतका जिम्मेवारीहरु बहन गरिसकेका श्रेष्ठले कतारमा रहेका तमाम नेपालीहरूको विभिन्न दु:ख पीडा तथा समस्यालाई प्रतक्ष निगरानीमा सरोकार राख्ने उनि लामो समय देखि विभिन्न संचार क्षेत्रमा आवद्ध कुशल तथा सकृय रहेर विभिन्न अनलाइन तथा अन्तराष्ट्रिय साप्ताहिक राजधानी पत्रिकाका पत्रकार हुन् ।मध्ये पूर्वका सम्पूर्ण नेपालीहरुको आवाजलाई उठाउन तथा क्रमिक रुपमा अगाडि बढ्नु पर्छ भन्ने महसुस गरेर आफूले गैर आवासिय नेपाली संघ कतार च्याप्टरको सचिव पदमा उम्मेद्धवारी दर्ता गरेको राज्यसत्ता डटकमका कृष्ण सारू मगर संगको छोटो वार्तालापमा बताए ।गैर आवासीय नेपाली संघ कतार च्याप्टरको सचिव पदमा उम्मेदवारी दिएका दिल कुमार श्रेष्ठले अहिलेको कतारको परिवेशमा आफ्नो उमेद्ववारीको मुल एजेन्डा एवं उद्देश्यका बारेमा निम्न लिखित बुँदागत रूपमा प्रतिबद्दता ब्यक्त गर्न गरेका छन् ।

उम्मेदवारी सचिवमा किन ?
१. एनआरएन भित्रका सम्पूर्ण गतिविधिहरुलाई कतारमा कार्यरत नेपालीहरुमा जति सक्दो छिटो ल्याउदै सबै जाती, धर्म क्षेत्र तथा लिङ्गको कतारमा रहेका गैर आवासिय नेपालीहरूको साझा उमेद्ववारका रुपमा आफुलाई उभ्याउने ।

२. कतारमा कार्यरत श्रमिकहरुको हक, हित, अधिकार एवं समस्या निराकरणको गर्न हर सम्भब प्रयास गर्ने ।

३. साझा संस्थामा रहेर आम गैर आबसिय नेपालीहरुसँग हातेमालो गर्दै सहमति र सहकार्यको दिशामा अग्रसर हुने
४. कतारमा रहेको कुरीति, विसंगति तथा बिकृति बिरुद्द सधैं कृयासिल रहने ।

५. वर्तमान परिप्रेक्षमा नेपाल सरकारबाट लादिएको पुनः श्रम स्विकृती लिनु पर्ने जस्ता ज्वलन्त समस्याहरुकोनिराकरण लागि पहल प्रयत्न गर्ने ।

६. गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सम्पूर्ण कागजातहरुलाई सुरक्षित राख्ने ।

७. गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको साङाठनिक जिबनमा गरेका उपलब्धिहरुलाई ईतिहासको रुपमा सुरक्षित राख्ने ।

८. कतारमा रहेका पेसा कर्मी, बुद्धिजिबी र ब्यबसयीहरुसँग हातेमलो गर्दै अगाडि बडने ।

९. साझा संस्थामा रहेर सामाजिक क्षेत्रमा बटुलेका अनुभबलाई गैर आवासिय नेपालीहरुको हितको लागि उपयोग गर्ने ।

मध्यपूर्वमा कार्यरत हामी तमाम गैर आवासीयहरुका यी बुलन्द आवाजलाई उठाउनको लागि आफू पनि क्रमिक रुपमा अगाडि बढ्नु पर्छ भन्ने महसुस गरी मैले यो उम्मेद्धवारी दर्ता गरेको छु। उनले भने । पार्षद सदस्यको जिम्मेबार पदमा रहेर संस्थालाई समाजिक योगदान दिनु आफ्नो मानवीय दायित्वबोध गरी सचिवको जिम्मेबारी बहन गर्ने छु।

उनले भने यस गरिमामय संस्थाको २ वर्ष कार्यकाल २०१७ –२०१९ को सचिव पदमा उम्मेदवारी दर्ता गरेको अवगत गराउँदै कतारमा रहनु हुने समस्त गैर आवासीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरू शुभेच्छुक तथा सम्वन्धित सबैमा आ-आफ्नो अमुल्य भोट दिई सह्योग गर्नु हुन हार्दिक अनुरोध समेत गरेका छन् ।राष्ट्रिय समन्वय परिषद्का अधिकांश कार्यक्रमहरुमा निरन्तर सहभागी भइरहेकोले उक्त जिम्मेवारीलाई सहजरूपमा बहन गर्न सक्छु भन्ने आत्मविश्वासका साथ सचिव पदमा दर्ता गरेको हो ।

उनले थप्दै भने, समाजिक तथा सकरात्मक सोचलाई दायित्वबोध, गरी अनुशासित एवं निष्पक्ष कार्य सम्पादन जस्ता गहन विषय संस्थागत जीवनका आधार हुन भन्ने यथार्थतालाई आत्मसाथ गर्दै भोलिका दिनहरुमा राजनैतिक, साम्प्रदायिक घेरा बाट माथि उठेर विशुद्ध सामाजिक कार्यकर्ताको रुपमा कार्य गर्ने प्रतिबद्धताका साथ संस्थाको परिषद सदस्य पदमा दर्ता गरिएको प्रतिवद्धता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend