साझा नेटवर्क
साझा नेटवर्क,कतार।
गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको सातौ अधिबेशन (२०१७/०१९) कार्यकालका लागी एनआरएन ए कतार च्याप्टरको आगामी अगष्ट १८ हुन गहिरहेको सातौ महाधिवेशनको लागी युवा संयोजक पदमा बौद्धिक समाजसेवी डिल्लीराम भटराईले आफ्नो उम्मेद्बारी दिएका छन।
भट्टराई लामो समय देखि कतारको सामाजिक संस्थाहरुमा आबद्ध रहदै समाज सेवामा निरन्तर लागी परेका ब्यक्ति हुन्। हाल समाज सेवा अभियान रुपन्देही कतारको अध्यक्ष समेत रहेका भट्टराई पर्बत युबा सेवा समाज कतारको मानार्थ सदस्य तथा उज्यालो लाल्टिन प्रतिष्ठान रुपन्देहिका आजिवन सदस्य समेत हुन ।
कतारमा दशौ बर्ष सम्म पसिनाको धारा बगाउदै नेपाली समाजमा गरेको आफ्नो योगदानलाई विभिन्न आरोह अवारोहहरु सँग संघर्षरत र स्वच्छ छवि र इमान्दार चरित्र भएका भट्टराईले आफुले भोगेको अनुभवहरुलाई युवाहरुको समस्यालाई उजागार गर्दै संबन्धीत देश र नेपालको प्रचलित कानुन बमोजिम श्रमिकको पक्षमा निरन्तर आवाज बुलन्द गर्दै नव आगन्तुक रोजगारीको निम्ती आउने श्रमिक युवाहरुले विगतको जस्तो समस्या भोग्नु नपरोस भन्ने स्पष्ट खाकाका साथ युवा संयोजकमा आफ्नो उम्मेदवारीमा दर्ता गरेका छन ।
उनले विभिन्न तह र तप्का का बौद्धिक व्यक्तिहरुसँग निरन्तर छलफल गर्दै आईरहेको सन्दर्भ बताउदै एनआरएन ए कतार च्याप्टरको विधानलाई आत्मसाथ गर्दै अघिल्ला कार्यकालमा युवा संयोजकले पदीय जिम्मेवारी बहन गर्दा छुटेका कार्यहरुलाई कार्यन्वयन गर्दै आफु युवा संयोजक भएको खण्डमा पुन युवाहरुमा जागरण ल्याउने नयाँ योजना रहेको धाराण समेत व्यक्त गरे र साथमा सम्पुर्ण एनसिसि कतार च्याप्टरका पन्जीकृत सदस्यहरुलाई सहि र गलत पक्षलाई आत्मसाथ गर्दै सहयोग गर्न समेत अनुरोध गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend