साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी जेठ ३०।
जिल्लाको रेसुंगामा रहेको एनसेलको टावरमा नेपाल कम्युनिष्ट पार्टी माओवादीले जेठ २९ गते राती आक्रमण गरेको छ ।
टावरका हेरालु सदरमुकाम तम्घासका ज्ञानेन्द्र पाण्डेयलाई नियन्त्रणमा लिएर उनीहरुले करिव साढे ८ बजे टावरमा आक्रमण गरेको प्राविधीक अजनिश कुवरले बताए । घटना स्थलमा नेपाल कम्युनिष्ट पार्टी माओवादी पार्टी लेखेको पर्चा भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले बताए ।

आक्रमणकारीहरुको पहिचान तथा खोजी कार्य जारी रहेको उनले बताए । पर्चामा एनसेललाई कार्बाहि किन भन्ने लेखिएको छ । टावरका आइडियु, जेटिई मोक्स, एभिएटी, डिसीपिटी, व्याट्री, केवल पावर लगायतका महत्वपुर्ण जलेर नष्ट भएको उनले बताए ।

जिल्लाका २० वटा टावर मध्ये सवै भन्दा ठुलो टावरमा आक्रमण भएपछि गुल्मी, बाग्लुङ्ग तथा अर्घाखाँचीका गरी ४ दर्जन गाविसका एनसेल प्रयोगकर्ता सम्पर्क बिहिन भएका छन् । ४ बर्ष अघि स्थापना भएको उक्त टावरमा एक जना कर्मचारी मात्र हेरालुको रुपमा राखिएको छ । क्षतिको यकिन विवरण आउन समय लाग्ने प्राविधिक कुवंरले बताए ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend