logo
  • शनिबार, भाद्र २० २०८३

आधुनिकता सँगै किन सुरक्षित छैन महिला


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

-मनिकला महतारा ।
महिला आजको होइन परापुर्वकाल देखि नै समाजका कमजोर पात्रको रूपमा रहदै आएका छन ।विज्ञानले पुरुषले भन्दा महिलाले तीन गुना बढी काम गर्न सक्छन् भन्नी प्रमाण सहित सिद्ध त गर्‍यो । तर आज पनि महिला आफुलाइ शक्तिहिन मान्छन् साथै पुरुषले पनि महिला शक्तिहिन नै मान्छन् ।

आज पनि महिलालाई एक पुरुषबाट आफ्नो अस्मिता जोगाउन अर्को पुरुषको आवश्यकता पर्छ । युग जतिसुकै आधुनिकता तर्फ दौडिरहे पनि कुनै पनि पुरुषले आफ्ना घरका महिला बाहिर गएर काम गरेको, परपुरुष सङ मिलेर काम गरेको, हासेको, बोलेको, सामीप्यता बढाएको हेर्न समेत सक्दैन ।यो एउटा तितो ध्रुव सत्य हो ।

पहिला सहर भन्दा गाउँलाई महिलाहरूको लागि सुरक्षित मानिन्थ्यो ।हरेक समाजमा ‘देश लाज’भन्नी रिति थियो । समाजमा आफ्नो राम्रो छवि बनाइ राख्नको लागि पनि महिलापुरुष दुवै आआफ्नो मर्यादा र सिमाभित्र रहन्थे ।तर जसरी जसरी गाउँ समृद्धितर्फ अघि बढदै जान थालेयो।

चरम गरीबी र बेरोजगारीलाई उजागर गर्न समाज मात्रै नभई देशमै युवा र पुरुषहरुको संख्या कम हुन थालेयो ।समाजलाई बिथोल्नेहरु बढ्न लागे।गाउँ समाजमा पनि अपराध र अपराधीहरु जन्मिन लागे। अपराध र अपराधीको सिकार महिलाहरु बन्दै गए।हिजोआज विभिन्न संचार माध्यममा देशमा बलात्कार पछी हत्याका घटनाहरु बढ्दै गइरहेका छन् ।

अपराध बढ्नुको मुल कारण वैदेशिक रोजगार भएतापनि आज पनि महिलाहरू आफैमा सशक्त नहुनु, आफुलाइ कमजोर ठान्नु, प्रतिपक्षीको प्रतिकार गर्न नसक्नु पनि एक कारण हो । वैदेशिक रोजगारले जनजीवन सरल र सहज त भयो । तर नकारात्मक पक्ष पनि धेरै नै लिएर आएको छ।

जस्को असर सिधा समाजमा परेको छ । आज महिला आफुलाइ आफ्नै घरमै पनि सुरक्षित ठान्दैन् ।पछिल्ला केही घटनाहरूले समाज लज्जित बनेको छ।खराब आचरणका मान्छेहरुको बिगबिगी बढ्दैछ ।दिनानुदिन बलात्कार पछी हत्याका घटनाक्रमहरुले तिव्रता लिदै छन् ।अपराधी निर्धक्क साथ अपराध गर्छ ।

प्रहरी हिरासतमा पनि न आउने होइन तर अन्तिममा पहुँचवालाहरुको आरक्षण र संरक्षणमा फेरि तेहि समाजमा आजाद भइ आफ्नो अपराधलाइ निरन्तरता दिन्छ।देशमा यस्ता जघन्य अपराध प्रती कुनै ठोस सजाय नहुनुले पनि अपराध र अपराधीहरुको संख्या बढ्दै छ।

लाखौं युवाहरू जो आफ्नो मातृभुमिले लखेटिएर सात समुन्द्र पार पुगेका छौ अब हाम्रो चिन्ताको विषय नै यो छ कि घरमा भएका हाम्रा महिला (आमा,दिदिबहिनी ,श्रीमति छोरी बुहारी )कतै असुरक्षित त छैनन् ?

कतै कोहि आफ्नैबाट शोषणको सिकार भएका त छैनन्।पछिल्ला केही घटनाहरूले हरेक त्यो युवा ,हरेक त्यो पुरुष जो आफ्नो घरपरिवार देखि टाढा छ उनीहरूलाई सोच्न बाध्य बनाएको छ ।केही घटनाहरूले त समाज नै लज्जित बनाएका छन् ।विश्वास र भरोसा कसैमा पनि रहेन जस्तो वातावरण बनिसकेको छ ।

जो समाजका लागि मात्रै होइन देशका लागि पनि घातक विषय हो । बाबुबाट छोरी बलत्कृत ,छोराले आमालाई गर्भवती बनाएको ,७५वर्षकि वृद्धसङको जबरजस्ती जस्ता घटनाहरू समाजको लागि शर्मनाक विषय हो । आज गाउँ समाजमा पनि आधुनिकतासंगै मानवता हराउँदै गइ रहेको छ।

महिला विकास ,संरक्षण र आरक्षणको नाममा देशमा थुप्रै संघ संस्थाहरु ,संज्जालहरु खुलेका त छ्न । तर जबसम्म महिला शोषित र पीडित हुदैनन् तब सम्म यी सघसस्थाहरु जागरुक हुदैनन् । जब महिला शोषणको शिकार भइ सक्छन् तब यी सघसंस्थाहरु सहायता ,सहयोग र सम्वेद्नाको लागि तत्परता र जागरुकता देखाउन्छ्न।

सहि अर्थमा भन्नू पर्दा यस्ता संघसंस्थाहरुले बेला बेलामा गाउँ समाजमा गइ महिलाहरू बिच सचेतना जागरुकता, सशक्तीकरण आत्मानिर्भरता, आत्मारक्षा, आत्मास्वाभिमान जगाउने कार्यक्रमहरु गरि रहनुपर्छ । कार्यक्रमहरु नै गर्नुपर्छ भन्ने पनि छैन । जानेबुझेका हरेकले आफ्नो घरपरिवारमा सबैलाई सचेत गराए पनि पुग्छ।

अन्त्यमा बन्नुपर्दा समाजमा बढदै गइ रहेका महिलामाथीका अपराधहरुलाइ दबिन दिनु हुँदैन । सबै मिलि अपराध र अपराधीलाई जरैदेखि मेटाउनु पर्द्छ। आज यी अपराध र अपराधीहरु समाजमा मलखलाए भने भोलि तपाई हाम्रो परिवारको सदस्य यिनको सिकार नहुन सक्छन भन्न सकिदैन ।

महिला माथीका यस्ता अपराध र अपराधीलाई तेतिकै छोडनु हुँदैन । यस्ता अपराध गर्ने विरुद्ध कठोर भन्दा कठोर नितिनियम,कैदसजाय बनाइनुको साथै लागू पनि हुनु पर्दछ। यस्ता अपराध गर्नेहरुलाई संरक्षण दिनेहरु पनि छुट्नु हुदैन।ताकी समाजमा अपराध गर्ने अर्को अपराधी न जन्मियोस।

जस्तै कुनै रोगको उपचार गराउनु भन्दा रोग लाग्न नै नदिन बेस हुन्छ । तेस्तै समाजमा पनि यस्ता घटनाहरू दोहोर्‍याउन भन्दा पहिला नै सबै सचेत हुनुपर्छ । अझ महिलाहरुलाइ यश विषयमा जान्न जरुरी छ।

यश विषयमा सम्बन्धित निकायहरुको ध्यान जान पनि तेत्ती नै आवश्यक छ। जिल्लामा करोडौं रकम फ्रीज हुँदा महिलाको विषयमा किन केही पहल हुदैन ।यदि हामी आफ्नो परिवारको सुरक्षा चाहन्छौं भने सबैले आआफ्नो तर्फ बाट पहल गर्न जरुरी छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend