logo
  • शनिबार, भाद्र २० २०८३

अनेसास नवोदितको ७२औ डबली सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दीलिप पराजुली, दोहा ।
अन्तर्रा्ष्ट्रिय नेपाली साहित्यिक समाज कतार च्याप्र र नबोदित साहित्यिक वाचनालय कतारले आयोजना गर्दै आएको नियमित डबलीको ७२औ सृखंला सम्पन्न गरेको छ । दोहाको टपफम रेस्टुरेन्टको सभा हलमा सम्पन्न उक्त डबलीमा बिशिस्ट श्रोताको रुपमा लामो समय देखी दोहाको सामाजिक गतिबिधिमा संलग्न हंसराज ढकाल रहेका थिए ।
तीन दर्जन भन्दा बढी साहित्यिक अनुरागीहरुले आ आफ्नो गजल, कविता बाचन गरेका थिए । बिशिस्ट श्रोतालाई खादा ओडाएर शुरु गरिएको कार्यक्रममा रास्ट्रिय गान समेत गाइएको थियो । कार्यकममा बिभिन्न प्रेम भाब बोकेका गजल तथा कबिता बाचन गरेका थिए ।
निधारित समयमा शुरु गरिएको कार्यकममा सागर भण्डारी, माधब पौडेल, जनक राज सापकोटा, इश्वर राई, शेखर बस्नेत, चक्र कार्की, रुप रसाइली, लिलानाथ घिमिरे, बेचन महतो, हरिबिनोद अधिकारी, बिन्देश्वर ठाकुर, राजेश्वर ढकाल, मणि पौडेल, टिका खड्का, दीप मिलन, दीलिप पराजुली, लेख कार्की र प्रेम प्रसाद भट्टराईले गजल,कबिता र गित बाचन थिए ।

कार्यक्रममा अनेसास कतारका उपाध्यक्ष प्रेम प्रसाद भट्टराई र नबोदित वाचनालयका अध्यक्ष लेख कार्कीले नया सर्जकहरुलाई कार्यक्रमको बारेमा प्रस्ट पारेका थिए भने कार्यकमलाई बसन्त भुजेल संचालन गरेका थिए ।

कार्यक्रमको अन्तिममा बिशिस्ट श्रोता हंसराज ढकालले सम्पुर्ण सहभागीलाई बधाई दिदै दोहाको परिबेशमा यो डबली यौटा नमुना बनेर जानेमा आफु ढुक्क भएको बताए । उनले भने साहित्य भनेको आफ्नो सस्कृति र परिबेशलाई हाम्रो आफ्नै दृष्टिकोण र शब्द मार्फत अरुसम्म पुर्याउने हो ।

जसले समाजलाई सहि दिशा तर्फ मार्ग्निर्देशन गर्ने बताउदै कार्यक्रमको आगामी डबलीमा समय मिले सम्म उपस्थिति जनाउने प्रतिबध्दता गर्दै कार्यकमको समापन गरेका थिए । ढकाल गैह्र आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषद् कतारका सदस्य हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend