साझा नेटवर्क
दिल कुमार श्रेष्ठ, दोहा ।
प्रवासी नेपाली मंच कतारका नयाँ कार्यसमितिको टोलीले नेपाली नियोग कतारका महामहिम रमेश प्रसाद कोइरालासंग परिचात्मक तथा भेटघाट गरेको छ ।
अधिवेशनपछि पहिलो पटक मंचको नयाँ कार्यसमितिको टोली सस्थागत प्रक्रियालाई पुरा गर्नको लागी दुतावास पुगेको थियो । मंचका अध्यक्ष चानक पोखेरेल संयोजकत्वमा पुगेको टिमले पाँचौ राष्ट्रिय अधिवेशनबाट चयन भएका कार्यसमितिको सम्पूर्ण विवरण बुझाएको थियो ।
सो अबसरमा मंचले गरेका गतिविधिहरुको भावी योजना समेत बुधगत रुपमा प्रस्तुत गरिएको थियो । प्रवासी नेपाली मंच कतारको स्थापमा सन् २००४ मा भएको थियो । दशक भन्दा लामो यात्रा गए गरेको मंचले कतारका हरेक गतिविधीहरुमा प्रवासी नेपाली मंच कतारले प्रमुख जिम्मेवारी निभाउदै आएको छ ।
कतारमा हुनेहरेक गतिविधिहरुमा नेपाली राजदुतावास संग सहकार्य गर्दै नेपाली श्रमिकहरुको हक हितका लागी नेपाल सरकारको ढोका समेत मंच ढकढकाउन पुगेको छ । प्रवासी नेपाली मंच कतारले नियोगमा बुझाएको योजना र कार्यसमितिको सहितको नामावली यस प्रकार छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend