साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
गैर आबासिय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी २०१७ देखी २०१९ को कार्यकालका लागी बिभिन्न तह र तप्काका उमेद्यवारहरुले आफ्नो उमेद्वारी दिएका छन ।मध्यपुर्बमा रहेका आप्रबासी कामदारहरु मध्य कतारमा करिब पाँचलाखका हाराहारीमा आप्रबासीहरु रहेका छन ।
यसैबिच कतारलाई आफ्नो कर्मथलो बनाउँदै देश र समाजको अर्थतन्त्रमा एउटा धरोहर बनाउन सफल ब्याबसायी तथा शाहित्यकार समाजसेवी मायाँ केसीबाट परिषदको आगामी कार्यकालको लागी युवासञ्योजकमा उमेद्वारी दिएको जानकारी आफ्नो आधिकारीक फेशबुकबाट गराउनुभएको छ ।
सफल ब्याबसायी केसी जागरुक तथा उर्जासिल अनि श्रृजनसिल ब्याक्तीत्वका अलावा एक स्पष्ट बक्ता समेत हुन ।कतारमा बिभिन्न सामाजिक कृयाकलापमा सँलग्न केसी एक होनहार समाजसेवी समेत हुन कतारमा केसीको उपस्थीती एउटा आसाको केन्दको रुपमा हेरीएको छ । प्रस्तुत छ वहाँकै शब्दमा गरिएको घोषँणको बिबरण।
“गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार
“युवा संयोजक” पदको लागि मेरो उम्मेद्धारी
आदरणिय परिषद सदस्य ज्यूहरु, समाजका अग्रज अभियन्ता ज्यूहरु सम्पूर्णमा हार्दिक नमस्कार।
गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको छैठौं अधिवेशन आगामी १८ अगष्टमा हुने वारे यहाँहरु विदितै हुनुहुन्छ । परिषदको सन् २०१७ — २०१९ को कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने प्रकृया समेत सोहि अधिवेशनमा हुने र सो अधिवेशनले चयन गर्ने कार्य समिति जुझारु, सक्षम र समाजलाई दिशानिर्देश गर्ने हुनु पर्छ भन्ने मान्यता म पनि राख्दछु” ।
यस अभियानमा परिषद सदस्य र समाजको जिम्मेवार नागरिक भएको हैसियतले प्रत्यक्ष र परोक्ष रुपमा संघका गतिविधिहरुमा सहयोग गर्दै आईरहेको कुरा समेत यहाँहरुलाई अवगत नै छ । यो समाजलाई दिशानिर्देश गर्ने र समाजको हितमा काम गर्न सक्ने हेतुले संगठित संस्था गैरआवासिय नेपाली संघ नै हो भन्ने मान्यता म राख्दछु ।
प्रवासमा रहेका आम नेपालीहरुको साझा संस्थाको रुपमा काम गर्दै आएको यस गैरआवासिय नेपाली संघका कार्ययोजनालाई अझ सशक्त, मजवुत र प्रभावकारी वनाउनका लागि समाजका सवै जिम्मेवार पक्षले हातेमालो गर्न जरुरी छ ।
समाजको हित सवैको सर्वोपरि हित हो । मैले मेरो व्यक्तिगत, सामाजिक र व्यवसायिक जीवनमा सिकेका अनुभवहरुलाई यस समाजको हितमा लगाउने अठोट गरेको छु । सो अठोट पुरा गर्नका लागि समाजमा युवाहरुको भुमिकालाई सशक्त रुपमा अघि वढाएमा मात्र समाजको समृद्दि हुन सक्छ भन्ने विश्वास मैले लिएको छु ।
युवाहरुको सिप विकास, क्षमता अभिवृद्दि, युवा उद्यमशिलता र युवाहरुको परिचालनलाई अघि वढाउन गरेको प्रण र कतारमा रहि विभिन्न सामाजिक अभियानमा सक्रिय अग्रजहरु र सम्पुर्ण शुभेच्छुकहरुको सल्लाह, सुझाव र शुभेच्छाका साथ यस अभियानलाई सार्थक पार्न तथा गैरआवासिय नेपाली अभियानलाई संस्थागत र युवामैत्री वनाउनका लागि आगामी २०१७—२०१९ कार्यकालको लागि गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको “युवा संयोजक” पदमा उम्मेद्वारी दिने निर्णय गरेको छु” ।
उम्मेद्धारी सँगै मेरा केहि प्रतिवद्दता तथा उद्देश्यहरु तपसिल वमोजिमका छन् ।
१। कतारमा रहेका नेपाली युवाहरुको सिप विकास, क्षमता अभिवृद्धि, युवा उद्यमशिलतालाई उजागर गर्न युवा संयोजकको हैसियतवाट उचित संजाल विस्तार गर्न प्रयत्न गर्नेछु ।
२। कतारमा नेपाली खेलकुद, कला, साहित्य, संस्कृति र भाषाको प्रवर्द्वन तथा विकास गर्न गैरआवासिय नेपाली संघको नेतृत्वमा साहित्य, संस्कृति, खेलकुद, युवा समुह वा सरोकारवाला संघ संस्थाहरुसँग समन्वय गर्नेछु ।
३। समय सापेक्ष गैरआवासिय नेपाली संघको नेतृत्वमा युवाहरुलाई प्रवर्द्वन गर्न राष्ट्रिय समन्वय परिषद कतार र आवश्यकता वमोजिम अन्तर्राष्ट्रिय समन्वय परिषद् युवा फोरमको समन्वयमा प्रभावकारी कार्यक्रमहरु गर्नेछु ।
भवदिय,
माया केसी
गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०१७—२०१९ को कार्यकालका लागि “युवा संयोजक”को उम्मेद्धार ।
स्मरण रहोस एन आर एन ए कतारका लागी परिषद सदस्यहरुको अन्तिम बिबरण अनुसार २२९८ जना परिषद सदस्यहरु रहेका छन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend