logo
  • शनिबार, साउन ३० २०८३

मृगौला पिडितको सहयोगार्थ राजेश हमाल गुल्मी आउने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी जेठ २ ।
गुल्मीको एक कार्यक्रममा नेपाली चलचित्रका महानायक राजेश हमाल आउने भएका छन् । गुल्मीको सदरमुकाम तम्घास निवासी दुबै मृगौला फेलभएर काठमाडौंमा उपचार गराईरहनु भएकमा यमबहादुर रानाको सहयोगार्थ आयोजित बिबिध साँस्कृतिक कार्यक्रममा हमाल आउँने भएका हुन ।
rajesh
गुल्मी रेसुङ्गा म्युजिक प्रालिले यहि आउँदो जेठ ८ गते शनिवार आयोजना गरेको एक कायक्रममा हमाल सहित नेपालका चर्चित कलाकारहरु गुल्मीको सदरमुकाम तम्घास आउने भएका छन् । कार्यक्रमको अबसरमा खुल्ल नृत्य प्रतियोगित समेत राखिएको छ । मृगौला पिडितको सहयोगार्थ हुने साँस्कृतिक कार्यक्रममा महानायक हमाल सहित लोक तथा दोहोरी गायक शिव हमाल, गायिका मञ्जु पौडेल,गायक सन्तु थापा, गायिक निर्मला थापा, जिउँदो सर्प नचाउने सागर पाण्डेय लगायतका कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

नृत्य प्रतियोगितामा प्रथम हुनेलाई रु १० हजार द्धितिय हुनेलाई रु ६ हजार तृतिया हुनेलाई रु ४ हजार र सान्त्वना हुनेलाई रु २ हजार प्रदान गरिने गुल्मी रेसुङ्गा म्युजिक प्रालिका व्यवस्थापक सन्तु थापाले जानकारी दिनुभयो । कार्याक्रममा गुल्मेली गायक सन्तु थापाका ४ वटा नयाँ लोक तथा दोहोरी गितका एल्वमहरु बिमोचन गर्ने कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

दुबै मृगौला फेलभएर उपचारको क्रममा आर्थिक अभावमा उपचार गराइरहनु भएका रानाको उपचारमा थप सहयोग प्रदान गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको व्यवस्थापक थापाले जानकारी दिँए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend