logo
  • शनिबार, भाद्र २० २०८३

पहिराेमा परी मृत्यु हुने परिवारका अाफन्तले जनही १ लाख पाए


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

बिमल खड्का, काठमाडौ साउन २३।
बागलुङ जिल्लाकाे निशीखाेला गाउपालिका वडा नम्बर १ र २ मा गत साउन २० गते पहिरोका कारण ज्यान गुमाएका परीवारका सदस्य जनही १ लाखका दर र पुर्ण रुपमा घर भत्किएका परीवारका सदस्यलाई १० हजारका दरले जिल्ला प्रसाशन कार्यालय बाग्लुङबाट प्राप्त भएको राहत अाज मृतक परिवारका सदस्यलाई हस्तान्तरण गरिएकाे हाे ।
निशीखाेला गाउपालिका वडा नँ २ मा पहिराेका कारण मृत्यु भएका मनीमान छन्त्यालको श्रीमती नन्दकली छन्त्याल छोरी गिता छन्त्याल र बुहारी बिन्दु छन्त्यालकाे अाफन्त सिता छन्तयाललाई प्रति सदस्य१ लाख रुपैयाका दरले ४ लाख र १० घर पुर्ण क्षति भएका परिवारलाई १० हजारकाे दरले बितरण गरिएकाे छ ।

त्यस्तै वडा नँ १ हुल्दिमा मृतक खगिसरा सिँजालीको परीवारमा नाती गिर बहादुर सिँजालीलाई नगर १ लाख र घर पुर्ण क्षेति भएबापत १० हजार गरी १ लाख १० हजार हस्तान्तरण गरीएको बताएकाे छ ।

त्यसतै मुचुल्काका आधारमा निशीखाेला गाउपालिका वडा नमबर २ का भुपाल छन्त्याल, प्रेम बिक र वडा नमबर ३ का भद्रे कामि र जुना कामिको परीवारलाई १०⁄१० हजार रुपैयाका दरले राहत हस्तान्तरण गरिएकाे छ ।

बितरण गरीएको राहत कार्यक्रममा निसिखोला गाँउपालीका अध्यक्ष तारानाथ पौडेल, एकृकीत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापा, प्रहरी निरीक्षक नारायण शर्मा निशीखाेला गाउपालिका वडा नम्बर १ का अध्यक्ष ईन्द्रबहादुर मल्ल २ का अध्यक्ष कुविर बिक ३ का अध्यक्ष जुनबिक्रम साहि लगाएतको सहभागितामा राहत रकम हस्तान्तरण गरिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend