साझा नेटवर्क
बिमल खड्का,बाग्लुङ साउन २३।
बाग्लुङमा सहकारिकाे ऐक्यबद्दता, सहकारिकाे अपरिहार्यता, भन्ने मुल नाराकाे साथ, महिला सहकारी जिल्ला समन्वय समितिकाे पहिलाे भेला तथा साधारण सभा जिल्ला भरिकाे महिला सहकारिहरुकाे सहभागितामा सम्पन्न भएकाे छ।
कार्यक्रममां बाेल्दै प्रमुख अतिथि एवं महिला बिकास अधिकारी डिल कुमारी शर्माले महिलाकाे अार्थिक सामाजिक शक्ति कमजाेर भएकाेले एेक्यबद्दता अपरिहार्य भएकाेले महिलाकाे साझा सहकारि समन्वय समितिलाई अावश्यक सहयाेग गर्ने बताउनु भयाे। बिशिष्ठ अतिथि डिभिजनल सहकारी कार्यालयका सुचना अधिकृत हाेमनाथ सुबेदिले सहकारी कार्यलय र सहकारीहरु नङ,मासुकाे सम्बन्ध भएकाले समन्वय,नितिगत सहकार्य र नयां ऐन तथा कर प्रणालि स्थानिय निकाय बाट हुने प्राबधान बारे सजक भई कार्य सम्पादन गर्न अाग्रह गर्नु भयाे।
अधिकार कर्मि एव अभियान्ता सिताराम थापाले लैङ्गिक समानता एबं महिला अधिकार र समाबेशिकाे दृष्टिले नेपालकाे ईतिहासमां महिला सहकारीकाे समन्वय समिति बाग्लुङ बाट शुरु भएकाेले नमुना कार्य गरि यसलाई नीति निमाण सम्म पहुंच पुर्याउन र सहकारीमां महिलाकाे पंहुच सुनिश्चित गर्न लागि पर्ने बताउनु भयाे। कार्यक्रममां महिला अधिकारकर्मि सकुन्तला शर्मा, सल्लाहाकार प्रमिला राज भण्डारी, ईन्द्र श्रेष्ठ,महिला सहकारी अभियन्ता, बुर्तिवाङ लिलमाया पुन, कुश्मिशेरा खिमा थापा,गल्काेटबाट भगवती मल्ल, लगायतले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे।
भेलाले नयां कार्यकारी समितिमा पनि चयन गरेकाे छ जसकाे अध्यक्ष लिला खड्का, उपाध्यक्ष, प्रमिला राज भणडारी, सचिब, ज्ञानु थापा मगर, सह- सचिब, शशी किरण श्रेष्ठ, काेषाध्यक्ष, पिमला जिसि, सदस्यहरु, डिलमाया पाैबि, पबित्रा बुढाथाेकि, यमुना ढकाल,खिमा थापा, भगवती मल्ल, खिमा श्रीस चयन हुनु भएकाे छ। महिला सहकारी समन्वय समितिका अध्यक्ष लिलादेबि खड्काकाे अध्यक्षता, शशी श्रेष्ठकाे स्वागत, शान्ति ज्ञावलिले भेफाकाे उधेश्य र सचिब ज्ञानु थापामगर ले संचालन गर्नु भएकाे थियाे।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend