साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी जेष्ठ २९।
गत बैशाख १८ गते गुल्मीको बडागाँउमा लागेको भिषण आगलागी बाट सबै थोक गुमाएका अग्नि पिडीतहरु बलबालिकाहरुलाई सुर्याेदय युवा क्लब वामी मैदानद्धारा काठमाण्डौमा संकलन गरिएको शैक्षिक सामाग्री बितरण गरिएको छ ।

क्लबद्धारा संकलित राहात रकमबाट शैक्षिक समाग्री खरिद गरी त्यस आगलागी प्रभाबित क्षेत्रका बालबालीकाहरुलाई एक कार्यक्रमका साथ हस्तान्तरण गरिएको छ । दजाकोटमा रहेको पशुपति निम्न माद्यामिक बिद्यालयमा अध्ययनरत अग्नि पिडित तथा गैर पिडित सबै जना गरी १ सय ७२ बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको हो । शैक्षिक सामाग्रीहरु खरिदको लागी काठमाण्डौका बिभिन्न उच्च ओहोदाका क्षेत्रहरु सिहँदरवार भित्रका कर्मचारीहरु, महालेखा परिक्षकको कारर्यालय, बिभिन्न कलेज क्याम्पसमा अध्ययनरत बिभिन्न संकायका बिद्यार्थीहरु गरी करिब ५२ हजार रुपैया सहयोग सकलन भएको थियो ।

सोही रकमबाट कक्षा ४ देखी ८ सम्मका बिद्यार्थीहरुलाई ठुलो साइजमा ३ सय ५१ थन कपि, कक्षा १ देखी ३ सम्मका बिद्यार्थीहरुको लागी सानो साइजमा १ सय ६५ थान कपि, ९६ थान ज्यामिति बक्स, ७६ थान कलर बक्स, बिभिन्न १७ सामाग्रीहरु भएको प्राथमिक उपचार बक्स तथा अत्याधुनिक सुक्ष्मदर्शक यन्त्र हस्तान्तरण गरिएको सहयोग संकलन समितिका संयोेजक खड्क सिँह ठकुरीले जानकारी दिनुभयो । उक्त समाग्रीहरु समितिका सदस्य भुगोल सापकोटाको नेतृत्वमा बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको थियो ।
हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष नारायण सापकोटा, समाजसेबी अर्जुन बिक, क्लबका सदस्यहरु भुगोल सापकोटा, उज्जवल खत्री लगायत पुग्नुभएको थियो । शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिसकेपछि समितिका संयोजक ठकुरीले काठमाण्डौबाटै अग्नि पिडीतको लागी आफुहरुको पहलमा केही सहयोग गर्नु पाएकोमा एकदम खुशी लागेको बताउनुभयो । उहाँले आग्नि पिडीत १६ बिद्यार्थीलाई मात्रै सहयोग गर्ने उद्धेश्यले शु्रुमा अभियान थालेको तर पछि अन्य बिद्यार्थीहरुको मनोबैज्ञानिक पक्षलाई पनि ध्यान दिदै सम्पुर्ण १ सय ७२ जना बिद्यार्थीहरुलाई नै शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
साथै उहाँले सहयोग संकलनमा भौतिक र नैतिक रुपमा सहयोग गर्नुहुने ब्यबस्थापिका संसद सचिवालय सिहंदरबारमा कार्यरत प्रकाश पोखरेल, नेत्र भुषाल, विश्वनिकेतन कलेजका फिजिक्स लेक्चरर सरोज मरासिनी, त्रिभूवन बिश्वबिद्यालय अंग्रेजी केन्द्रीय बिभागका सिनियर प्रोफेसर जिवलाल सापकोटा, रिडमोडल उच्च माध्यमिक बिधालयका प्रिन्सीपल तथा फाउण्डर खिमलाल पौड्याल, बरिष्ठ समाजसेवी श्याम डङ्गोल, लगायत अन्यलाई समितिका संयोजक ठकुरीले बिशेष धन्यबाद ब्यक्त गर्नुभयो ।
यसैगरी आउने दिनहरुमा पनि यि यस्तै सामाजिक कार्यमा यस क्लबको सहभागिता जनाउने सोँच र प्रतिबद्दता ब्यक्त गर्दै उहाँले दजाकोट अग्निपिडित स्कुले बालबालिकाहरुको सहयोगार्थ काठमाण्डौमा संचालित सहयोग संकलन अभियान औपचारी रुपमा समापन भएको जानकारी दिनुभयो । सहयोग संकलन गर्नको लागी संयोजक खड्क सिँह ठकुरी रहने गरी द्धार सदस्यीय समिति गठन गरिएको थियो जस्को सदस्यहरुमा क्लबका सदस्यहरु बिष्णु प्रसाद सापकोटा, महेन्द्र सापकोटा र भुगोल सापपकोटा रहनुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend