logo
  • शनिबार, भाद्र २० २०८३

काभ्रेपलान्चोक समाजद्वारा क्यान्सर पिडित तामाङलाई आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

ध्रुब क्षेत्री, कतार ।
सेवा नै धर्म हो,जहाँ मन हुन्छ त्यहाँ आत्मियता उत्पन्न हुन्छ र तेसै बाट कसैले जिबन दान पाउछ। तेस्तै एक नमुना काम गरेको छ काभ्रेपलान्चोक सेवा समाज कतारले, काभ्रे जिल्ला तिमाल गाउपालिका वार्ड -०१ निवासी ३८ बर्षिय बुद्दिलाल तामाङ केही समयदेखी ब्लड क्यान्सरका कारण उपचारार्थ तिनकुने स्थित एक अस्पतालमा भर्ना भइ बस्नु भएको छ।

बिरामीको पारिबारिक अवस्था नाजुक भएको र उहालाई उपचारमा अति समस्या भएको भन्ने  संचार बिभिन्न मिडियामा आए  पश्चायत  काभ्रे पलान्चोक सेवा समाज कतारको पहलमा आर्थिक सहयोग अभियान सन्चालन गरेका थिए । र उक्त अभियानले छोटो समयमा वहाँलाई बिरामी निको बनाउन सक्ने आर्थिक संकलन गर्न नसके पनि राहात प्रदान गर्न सक्ने खालको केही रकम संकलन गर्न सफल भएको हो ।

उक्त रकम सस्थाका सल्लाहकार श्री भरत बडाल र सस्थाका सस्थापक सदस्य श्री सुर्य भण्डारी द्वारा तिनकुने स्थित अस्पताल मा पुगी बुद्दि लाल तामाङ बचाऊ अभियान का संयोजक इन्द्र ब. तामाङ र सह-संयोजक ज्ञान बहादुर तमाङ्ग को रोहवर मा पिडित बुद्दि लाल तामाङलाइ नेपाली रकम रु. ६२,४६५ (बैसठ्ठी हजार चार सय पैसट्ठि रुपैया) हस्तान्तरण गर्नु भएको कुरा आर्थिक संकल अभियान का अभियन्ता तथा समाज का बरिस्ट उपाअधक्ष्य नारायण बिष्ट ले जानाकारी गराउनु भएको छ।

कतारमा समाज सेवा प्रति हमेसा समया खर्चने श्री बिष्ट ले पीडितलाइ आर्थिक रुपमा सहयोग गरि वहाँको उपचारमा टेवा पुर्‍याउनु हुने सम्पुर्ण सहयोगी मनहरु प्रति क्रितज्ञत् प्रकट गर्दै काभ्रे पलान्चोक सेवा समाज कतार को तर्फ बाट हार्दिक आभार ब्यक्त गर्नु भएको छ।

साथै वहाँले सम्पुर्ण स्वदेश तथा विदेशमा हुने सहयोगी मनका धनि नेपालीहरुलाई यस्तो अबस्थामा भएका बिरामीलाइ केहि आर्थिक तथा भौतिक सहयोग गरि बिरामीको जिबन रक्षा गर्न समेत अपिल गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend