logo
  • शनिबार, भाद्र २० २०८३

खोटांग सेवा समाजकतार द्वारा प्रशिक्षण कार्यकम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दीलिप पराजुली,दोहा ।
कतारको सबै भन्दा पुरानो जिल्ला सस्था खोटांग सेवा समाजकतारले आफ्ना सदस्यहरुलाई समटी एक दिने प्रशिक्षण कार्यकम गत शुक्रबार २८ जुलाईका दिन आयोजना गरी सम्पन्न गरेको छ ।खोटांग जिल्ला बाटकतारलाई कार्यक्षेत्र बनाई कतारमा कार्यरत खोटांगेहरुलाई समेटरगरेको उक्तकार्यकममा सस्थाका ४० भन्दा बढि सदस्यहरुको सहभागितामा आयोजना गरिएको सो कार्यकमले बिषेस गरि सस्था संचालनका लागीआवश्यक आधारभूत र सांगठनिक पद्दतिका बारेमा सहजकर्ताहरुले आधारभूत प्रशिक्षण दिएका थिए ।सो कार्यकममा सस्थाका सल्लाहकार तथा मानार्थ सदस्य बिनेश तामांग, देबराज राई, बिलबहादुर गुरुङ, तिर्थ संगम राई र प्रेम प्रसाद भट्टराईले सहजकर्ताको भुमिकानिर्वाह गरेका थिए ्र कार्यकममा सस्थाका सल्लाहकारहरुले जुन हिसाबमा सस्था अगाडी बढ्नु पर्ने हो त्यसमाअलिक ढिलाई भएकोमाजोडदिए । २०५४ सालमा स्थापना भएर आएको सस्थाले भर्खरै मात्र जिल्लामा एम्बुलेन्स सहयोग गरेको छ ।

दोहाको बि रिंगरोड स्थित ढाका रेस्टुरेन्टको सभाहलमा सम्पन्न उक्त कार्यकमकरिब पाच घण्टा चलेको थियो । सस्थाकाअध्यक्ष तिला बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यकमलाई महासचिब कैलाश श्रेस्ठले संचालन गरेका थिए । सस्थाका अध्यक्ष खत्रीले सस्थाका सदस्यलाई समेट्ने हिसाबले सो कार्यक्रम गरेको बताउदै कार्यकमको समापन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend