साझा नेटवर्क
अनिल खत्री, गुल्मी साउन ११।
गुल्मीमा आर्थिक वर्ष २०७३/०७४ मा ट्राफिक कारवाहीबाट ३२ लाख १ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । गत वर्ष भन्दा दोब्बर वढीले जिल्लामा राजस्व संकलन भएको छ ।

बिभिन्न सवारी साधानहरुले ट्राफिक नियम बिपरित सञ्चालनको क्रममा गरिएको कारवाहीबाट उक्त राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका हल्दार देबिप्रसाद पौडेलले जानकारी दिए । जिल्लामा एक वर्षको अन्तरालमा ५ हजार २ सय ९२ सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा ट्रकबाट २ लाख ७६ हजार, बसबाट ३ लाख ९७ हजार, जिपकारबाट १० लाख २० हजार ४ सय, ट्याक्टरबाट १ लाख ९० हजार र मोटरसाइकलबाट १३ लाख १७ हजार ६ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।
सवारी साधनले ट्राफिक नियम मिचेर सवारी वढी राख्ने, बिलबुक, लाइसेन्स साथमा लिएर नहिने, सवारी बोक्ने गाडीमा ओभरलोड सामान राख्ने जस्ता सवारी साधनहरुलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरिक्षक प्रेम श्रेष्ठले जानकारी दिए ।
जिल्लामा एक वर्षमा ट्रकबाट ७ सय ५ वटा, बस ३सय ४६वटा ट्याक्टर ३ सय ४६ वटा, जिपकार १हजार ४ सय ३८ वटा र मोटरसाइकल २ हजार ४ सय ३७ वटा सवारीले साधनले ट्राफिक नियम बिपरित सञ्चालनको क्रममा कारवाहरीमा परेको प्रमुख श्रेष्ठले जानकारी दिए ।
गत आर्थिक वर्ष २०७२÷०७३ मा जिल्लामा १६ लाख १४ हजार ६ सय राजस्व संकलन भएको थियो । जिल्लामा ३ हजार ७ सय ४० वटा सवारी कारवाहीमा परेका थिए ।
एक वर्षमा २१ वटा सवारी दुर्घटना
गुल्मीमा आर्थिक वर्ष २०७३/०७४ को एक वर्षमा २१ वटा सवारी साधन दुर्घटनामा परेका छन् । जिल्लाका बिभिन्न स्थानमा बिभिन्न सवारी साधन दुर्घटनामा परेका थिए । जिल्लामा गत वर्ष भन्दा यो वर्ष दुर्घटनामा कमि आएको छ ।
जिल्लामा भएको दुर्घटनामा ट्रक २ वटा, बस २ वटा, जिप ७ वटा मोटरसाइकल ३ वटा, ट्याक्टर ७ वटा गरी २१ वटा सवारी साधन दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।
सवारी दुर्घटनामा ११ जनाको ज्यान गयो
आर्थिक वर्ष २०७३/०७४ मा जिल्लामा सवारी दुर्घटनामा परि ११ जनाले ज्यान गुमाएका छन् । जिल्लामा सवारी दुर्घटनामा परि मर्ने गतवर्ष भन्दा कम मृत्युदर रहेको छ ।
सवारी दुर्घटनामा परि ७ जना पुरुष, ३ जना महिला र १ जना वालक रहेका छन् । सवारी दुर्घटनाबाट २६ जना गम्भीर घाइते र १६ जना सामन्य घाइते भएका थिए । जिल्लामा गत आर्थिक वर्ष २०७२÷०७३ मा २८ वटा सवारी दुर्घटनामा परेका थिए ।
सवारी दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परि ३७ जना गम्भीर घाइते र १४ जना समान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend