logo
  • शनिबार, भाद्र २० २०८३

शुभ चिन्तक भाईले लेखे खिलध्वज पन्थीलाई खुल्ला पत्र


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

सर्वप्रथम, खिलध्वज दाजु
नमस्कार !

अपुष्ट कुराहरुलाई अनाबस्यक महत्व दिएर पहाड चढ्नुको कुनै तुक थिएन। पहाड जस्तै चुलिएर झर्यो एउटा प्रोपोगाण्डा पहिरो सरि लग्यो तिमिलाई जलाएर बचेका अगारका मुडा ओसार्न खोलाको बगरमा फुरेका भुत पिचाशहरु लाई सोहोर पटार गरि भेलमै मिसाई दियौ।
गर्ल्याम गुर्लुम क्ष्यण भरमै सोत्तर पारिदियो। उनिहरु अहिले धमिलो भेल मा जिबितै छन या मरे थाहा पाएको छैन। आधाउधि निद्रापनि निर्मम्ताका साथ खोस्नेगरी झरिले बालसतालस भएको समयमा तिम्रो अडियो सार्बजनिक भैरहदा मनलाई चित्त बुझाउन सकिन। लाग्यो दाजु “म लडेको छु तर मरेको छैन” ।

पिचासहरुका प्रोपोगाण्डाका फिक्वेन्सिहरु धेरै सुने,पहाडनै फुट्ने गरि,भुकम्पै ल्याए, धेरै असैह्य भयो तिमी अन्याय मै थियौ तर तर तिम्रो न्यायाधीश तिम्रो फैसलामा थिएन ।म बरफ झै जमेर बस्न सकिन जति बेला पनि ।

बुई चढेर उफ्रदा पनि धैर्य भए, कान नसुन्ने झै भए,आँखा नदेख्ने झै भए ,गोडा नचल्ने झै भए केहि बोलिन। मेरो मौनता को के अर्थ आफ्नै हिसाबमा बुझ्छु। सम्झे हौला पक्कै मलाई । म गुज्रिरहेका परिस्थितिहरुको खिचातानिमा परेको छु तर तिम्रो पक्ष मा कायर भएको छैन।

भनिन्छ “मुख मा नहालुन्जेल खाए भन्नू हुदैन्” तर तिमिलाई खाइयो भन्ने स्थिती मात्रै आयेन पचिसकेको डकारहरु उकेल्दै पुरै शहर दुर्गन्धित बनाईयो। सामाजिक सन्जाल ,सडक , गल्ली ,चिया पसल, र सिंहदरबार सम्म बजिरहयो तिम्रो अडियो।

तिमि संसारमा सबैभन्दा भाग्यमानी रहेछौ” किनकी तिमी त्यस्तो जनतालाई प्रेम गरिरहेका छौ, जसले संसारमा सबैभन्दा धेरै प्रेम तिमिलाई गर्छन । तिमि माथी परेको बज्रपात को रंगमन्च धेरै हेरे,मन सम्हालिनसक्नु भयो । सरिरको कोष, कोष आन्दोलित भयो, तिम्रो हजारौ खुसिको हत्या भएको हेर्न सकिन ।

तिम्रो अस्तित्वलाई खिसी गरेको सहन सकिन, तिम्रो राज्नितिक जीवनमा परेको बज्रपात टुलुटुलु हेर्न सकिन, दुनिया हसाउने तिम्रो मुहारमा मलिनताको सन्नाटा पचाउन सकिन, भलै मेरो लागि तिमिले गुन लगायौ वा लगाएनौ त्यो पैचो तिर्न होईन तर तिम्रो “भोलिलाई जिबित राख्न म तिम्रो आजलाई मर्न दिदिन” मैले यति बुझे र तिम्रो नझुक्ने स्वाभिमानलाई सलाम गर्दै यो २/४ शब्द कोर्न बाध्य भए।

कहिलेकाही धेरै सुरक्षा दिएर राखेको चिज नै आफ्ना लागि धेरै नै आफ्नो लागि असुरक्षित हुदो रैछ, तिमी लाई यति बेला यहि प्रोपोगन्डा ले यहि पाठ सिकायो होला। तिमी ठुला ठुला राजनितिग्य को सफलता, असफलता अध्ययन गरे हौला ।

राजनितिमा धेरै आन्तरिक बाह्य क्षेप्यास्त्रहरु सामना गर्नु पर्दछ, हुँदै नभएका चलचित्र भन्दा काल्पनिकताको जालो बाट बच्नु पर्दछ मात्रै गन्तव्यमा पुगिन्छ । तिम्रो लागि यस्ता कथित चलचित्र पटक पटक रियल्सन मै तुहिएका छन।

तिमीलाई असफल पात्र बनाउने दुस्प्रयासका कथाहरु पटक पटक लडिरहेका छन । तिमी प्रती निरिहताको दया लाग्छ । हुन त तिम्रो ईजलास न तिम्रो पार्टी भित्र हुन्छ न त बिपक्षीहरुको कठघरामा, तिम्रो सत्य र असत्य को ईजलास गर्ने तमाम जनताहरु छन र रहेछन जसले तिम्रो लागि पार्टी भन्दा माथी उठेर समर्थन गर्छन्।

तिम्रो पार्टी भित्र घिउ खाने भन्दा घिउ खाएको हात सुघ्ने जमात धेरै रहेछ । तिम्रो पार्टी नेतृत्व कति अपरिपक्व रहेछ बल्ल बुझियो नेतृत्वले चित्त दुखाउनु पर्ने कारण छैन । रे.न.पा.मा पार्टीको जित कठिन हुने लक्ष्यण पहिल्यै थिए । तर नेतृत्वले मनै राजा म नै रैतीको स्वाभाब र निर्णयले बर्सौको आधार ईलाका गुमाउनु पर्यो ।

आफू पनि पानी माथिको ओभानो बनेर हारको सम्पुर्ण बिल्ला तिम्रो काधमा थुपारेर फेरि गतिसिलता माथि नाङ्गो प्रहार भयो । तिम्रो बिपक्षीले टोड्मोड र ईडिट गरि ल्याएको अडियोले विपक्षी भन्दा तिम्रै पार्टी भित्रका केहि ब्यक्तीलाई चुनाबी हारको बेला क्याप्सुल बन्यो।

आफ्नै प्रशिक्षण मा २ पक्ष बिच फुटबल खेलाउन मैदान मा उतारियो। सामाजिक संजाल भरी एउटै पार्टी का सत्ता पक्ष र प्रतिपक्ष जस्तै वाक युद्ध गरियो। आफ्नो पार्टी मा भुस को आगो सल्काएर बिपक्षी लाई रमिते बनाईयो। अब् तिम्रो यथार्थता बाहिर आयो के यो गेम प्लान मेकरलाई अब कार्बाही हुन्छ ?

तिम्रो पार्टी भित्रको बेतिथीको जिम्मेबार ब्यक्ती को? यदि तिम्रो प्रमाण पुष्टि नभएको भए तिम्रो राजनिती सखाप हुँदै थियो। तिमी पार्टी भित्र के चुप बस्छौ? अब। सत्यको बिजय हुन्छ भनेझै आज तिम्रो राजनितिक कद १ कदम माथी उठयो। अरुले खाल्डोमा हाल्न खोज्दा तिमी पहाड चढेउ , मैले यत्ती बुझे अरुले पनि यहि बुझे होलान।

आफ्नो पार्टी र जिल्ला मै सफल नेतृत्व कर्ता जन्मियौ । तिम्रो राजनितुक सिध्याउने गेम प्लान स्थानिय तहबाट मात्रै भएको थिएन। बिपक्षी प्रतिस्प्रधी पार्टीको केन्द्रीय स्तर बाट भएको प्लान हो । बिपक्षीहरु तिम्रो पछाडी बिरालोले जस्तै कुरेको यो पहिलो घटना थिएन तर यसपटक त बिपक्षिहरु तिम्रो मलद्वार सम्मै पुग्न भ्याए।

प्सैइप काण्डमा असफल भएको ईगो जिबितै थियो, गुल्मी २ निर्बाचन क्षेत्र हुँदै गर्दा बिपक्षीलाई तिम्रो राजनितिक उचाई टाउको दुखाई बनिरहेको थियो। तिमिलाई बिपक्षिले प्रमुख प्रतिस्प्रधीको रुपमा हेरिएको छ । तिम्रो बिकासको गतिले जनताको मुहारमा उज्ज्यालो छाएता पनि बिपक्षी लाई मुहारमा अँध्यारो बनाएको थियो।

तिमिलाई थाहा छदै छ यसले बिपक्षीको मुटुमा ठुलो भुकम्प ल्याईदिएको थियो । प्रतिस्प्रद्धा अगाडि जान गार्हो हुने निस्कर्स सहित तिम्रो चरित्र हत्या गरेर जादा छिटो र सजिलो हुने ठानेर नै एउटि महिलालाई प्रयोग गरि अडियो प्रकरणको ग्राईनडिजाइनिङ गरिएको हो।

यसमा स्थानिय कार्यकर्ता देखि केन्द्रिय तह सम्मका नेता केही मिडिया प्रयोग भएको पुष्टि भैइसकेको छ। अझ दुखत कुरा त तिम्रै पार्टीको जिम्मेबार ब्यक्ती अध्यक्ष भएको एक रेडियोमा तिम्रो अडियो मिक्सिङ भएको सुन्दा सबै हतियारहरु तिमी माथी प्रयोग भएको छर्लङ्ग हुन्छ ।

तिमी राजनितिक रुपमा सिद्दियौ भनेर ठुला ठुला पार्टीहरु पनि भए, भित्र भित्र कतै लड्डु र केक काटियो, बिजय जुलुस भित्र भित्रै मनाईयो तर यसो भैइरहदा तिम्रा शुभचिन्तकले तिम्रो घरमा खचाखच कुनै मन्त्री निबासमा भन्दा कम गराएनन ।

भर र ढाड्स दिईरहे। अपसोच बिपक्षीहरुका खुसी क्षण भर पनि अडिन सकेनन, टिकेनन जब तिम्रो यथार्थ अडियो पक्राउ भयो । हिजो झुट अडियो भाईरल बनाउनेहरु, पार्टीभित्र ईतर र उतर भनी झगडा गर्नेहरु आज बास्तबिकता बाहिर पोस्ट गर्न सक्छौ?

पार्टी भित्र कार्बाही गर्नुपर्छ भन्ने भिड खुट्टा समाई माफी माग्न सक्छौ? निचस्तर को गाली गलौच गर्ने हरु तिमिहरु सग अब कुनै जबाफ छ ? तिमीले आज सम्म कहिल्यै हारेनौ र हार्ने पनि छैनौ । अहिलेको स्थानिय तहको चुनाव काङ्ग्रेसले रेसुङ्गा नगरपालिकामा हार्यो तर मेयरको प्रतिस्प्रधी तिमी थिएनौ अरु कोहि थियो ।

तिमी पार्टी भन्दा माथी छौ। जनताको पक्षमा निरन्तर लाग । जिबन्त ब्यक्तीलाई साना ठुला समस्याहरु आई रहन्छन तर बिचलित नहोउ । पार्टी भित्र सिनियर र जुनियर भन्दै अघि जान रोक्न खोज्नेहरु देखि बिपक्षीहरुको मगज खल्बलिए होला । खोपडि भित्र सयौको हाराहारिमा गोब्रेकिराहरु गिदि कुटुकुटु खाईरहे होलान ।

तिम्रो बिरुद्ध हर्कत गर्नेहरुका मांसपेशीका नसाहरु जुटको बटारिएको मोटो डोरि झै तन्किएको होलान कतै प्याट्ट चुडिन सक्लान । परचक्रीहरु कुटिल परिबन्दमा फसाउन नसक्दाको पिडाले अनुहार भरी गिद्वका चल्लाले झै ठुगिरहेको होला । हो तिमी सधै जित्नु पर्छ, सधै जित्नु पर्छ।

दाजु : तिमि दिशा पिसाब पनि निस्चित ठाउमा मात्रै गर केही रहस्य भेटिन्छ कि भनी शुस्मदर्शक यन्त्रले परिक्षण गर्न सक्छन, ठुला-ठुला जालहरु अझै बिझाउन सक्छन, निडरताका साथ अगाडि बढ ।

आज एउटि महिलालाई प्रयोग गरि अडियो लिएर तिम्रो राजनितिक समाप्त पार्न असफल प्रयास गरे भोलि अझै खतर्नाक षड्यन्त्र र अपराधी प्रयोग गरि तिम्रो हत्या गर्न के बेर ? अन्त्यमा सधै जनताको सेबा र बिकासको ईन्द्रेणी बोकेर शहर बजार र गाउघरमा कुदिरहनु, शुभकामना ।


तिम्रो शुभचिन्तक भाइ

“निशान”

तम्घास ,गुल्मी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend