logo
  • शनिबार, भाद्र २० २०८३

अर्याल समाज जापानद्धारा क्यान्सर पिडितलाई सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

प्रेम सुनार, गुल्मी जेठ २८।
गुल्मीको आँपचौर ६ अमलाबोट निवासी वोनम्यारो क्यान्सर पिडित रामप्रसाद भण्डारीको उपचारका लागि अर्याल सेवा समाज जापानले आर्थिक सहयोग गरेको छ । समाजका अध्यक्ष चेतन अर्याल र महासचिव भानु अर्यालको पहलमा जापानमा सहयोग संकलन गरी ३ लाख १२ हजार ४ सय ४५ रुपैयाँ भण्डारीलाई सहयोग गरिएको हो ।

chetan

पुर्व शिक्षक रहेर आँपचौरको शैक्षिक र सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पुराएका भण्डारीको आर्थिक अवस्था भने आफ्नै उपचार खर्च जुटाउने उपाय समेत नभए पछि सार्वजानिक रुपमा सहयोगको अपिल गर्न बाध्य भएका थिए ।

उनको अपिल सम्वन्धि खवर सार्वजानिक भएपछि अर्याल सेवा समाज जापानले सहयोग संकलन अभियान जारी गरेको थियो । संकलित उक्त रकम नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लको रोहवरमा अध्यक्ष अर्याल र महासचिव अर्यालले त्यहाँबाट पिडितको बैंक खातामा पठाई दिएका छन् ।

भण्डारीलाई हिजो रकम पठाउन साथ दिल्लीको गान्धी क्यान्सर अस्पतालमा पठाईको छ । सहयोग संकलनमा हातेमालो गर्ने सवै प्रति समाजले आभार प्रकट गरेको छ । चेतन अर्यालले यस अघि व्यक्तिगत रुपमा समेत धेरैलाई उद्धार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend