logo
  • शनिबार, साउन ३० २०८३

सिद्ध प्राथमिक बिद्यालयमा शिक्षक अभिभावक संघ गठन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी जेठ २८।
सिद्ध प्राथमिक बिद्यालय इस्मा रजस्थलमा शिक्षक अभिभावक संघको गठन भएको छ । भेलाले रेश्मी नेपालीको संयोजकत्वमा ११ सदस्य रहेको कार्य समिति चयन भएको बिद्यालयले जनाएको छ । कार्यक्रम बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर बिष्टको अध्यक्षता एवं पुर्व अध्यक्ष कलानिधी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी भण्डारीले बिद्यालयको उन्नती र प्रगतीको लागी शिक्षक, अभिभावक, व्यावस्थापन समिति र बिद्यार्थीको उत्तिकै भुमिका हुने भएकाले सवैलाई आआफ्नो क्षेत्रबाट लाग्न आग्रह गर्नुभयो । कार्यक्रम शिक्षक क्रान्ति बिष्टको स्वागत तथा प्रध्यानाध्यापक गंगा बहादुर बिष्टको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend