logo
  • शनिबार, भाद्र २० २०८३

काभ्रे सेवा समाज युएईद्वारा अपांग तथा अनाथलाई आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दामोदर दाहाल, युएई ।
काभ्रे सेवा समाज युएईले गएको नेपाली नया बर्षमा अर्थात अप्रिल १४ तारिका दिन अनाथ तथा अपाङ्ग बालबालिकाको सहयोगार्थ आयोजना गरेको सास्कृतिक कार्यक्रमबाट मुनाफा भएको रकम अनाथ तथा अपांगहरुको लागि हस्तान्तरण गरेको छ।
काभ्रे सेवा समाज युएईका अध्यक्ष दिल लामाको अध्यक्षतामा २१ जुलाई २०१७ का दिन बसेको पूर्ण बैठकले उक्त मुनाफा रकम सयुक्त अपाङ्ग एकता अवाज केन्द्र गोकर्णलाइ नेपाली रुपैया एक लाख र प्रज्ञा चक्षु बालबालिका अपाङ्ग केन्द्र बनेपालाई नेपाली रुपैया पच्चिस हजार दिने निर्णय गरेको थियो।
उक्त कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा अपांग तथा अशक्त बालबालिकाको लागी सहयोग गर्नु भएका सम्पूर्ण यूएई बासी संघ-संस्था, आयोजक, प्रायोजक तथा पत्रकारहरूलाइ बैठकले एकमुष्ट रुपमा स-धन्यबाद पनि दिएको छ।
काभ्रे सेवा समाजका कोशाध्यक्ष रबिन तामाङले संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका अध्यक्ष तिल बहादुर कार्की र प्रज्ञा चक्षु बालबालिका अपांग केन्द्रका अध्यक्ष यज्ञ प्रसाद दुलालको नाममा युएई बाट रकम रिमिटेंस गरेका थिए।
तिल बहादुर कार्की यस्ता पात्र हुन जसले बिगत १० बर्ष देखि संयुक्त अपाङ्ग एकता आवाज केन्द्र सञ्चालन गरेर बसेका छन जहाँ चालिस जना भन्दा बढि अनाथ तथा अपाङ्ग बालबालिकाहरु रहेका छन् । जसमा द्वन्द पिडित देखि भुकम्प पिडित सम्मका बालबालिकाहरु छन् ।

दयनिय अबस्थामा आश्रित ती बालबालिकाहरुको स्थिति भुकम्प पछिका दिनमा झनै बढि दयनिय बन्दै गएको छ । अध्यक्ष तिल बहादुर कार्की आफै अपाङ्ग हुन्, जसले २५ बर्ष सम्म पशुपतिनाथ र बौद्ध क्षेत्रको सडकपेटीमा मागेर जम्मा गरेको पैसा बाट आफु जस्तै अनाथ तथा अपाङ्ग बालबालिकाहरुलाइ आश्रय दिएर उनीहरुको अभिभाबक बनि गास बास कपास र शिक्षा दिन सुरु गरेका हुन् ।

अहिले उनि सस्थामा आश्रित बालबालिकाहरुको एक असल अभिभाबक एक असल माता पिता बनेर उनीहरुको भबिष्य उज्जवल बनाउन दिन रात लागि परेका छन् । हाल युएईबाट घर बिदामा रहेका समाजका केन्द्रिय सचिब जनक सापकोटाले उक्त रकम संयुक्त अपाङ्ग एकता आवाज केन्द्र र प्रज्ञा चक्षु बालबालिका अपांग केन्द्रमा पुगी सहयोग रकम हस्तान्तरण गरेका छन।

उक्त रकम हस्तान्तरण गर्न नयाँ बर्षको सास्क्रतीक कार्यक्रममा आउनु भएका अतिथि कलाकार रिया श्रेष्ठको समेत समूपस्थिती रहेको थियो । काभ्रे सेवा समाज युएइका महासचिब उत्तम बि क ले आगामी दिनमा पनि समाज यस्ता खालका सामाजिक कार्यमा अग्रसर रहने जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend