logo
  • शनिबार, साउन ३० २०८३

अन्डर सेभेन्टिन नक आउट क्रिकेटको उपाधी देवदहलाई


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दिपक न्यौपाने, बुटवल जेष्ठ २८।
स्कर्लस होम क्रिक्रेट एकेडेमिको आयोजनामा बुटवल देबिनगरमा सम्पन्न अन्डर सेभेन्टिन नकआउट क्रिकेट प्रतीयोगीताको उपाधी देबदह क्रिकेट युनिटले हात पारेको छ । प्रगतीनगरको खेल मैदानमा सम्पन्न फाइनलमा आयोजक स्कर्लसलाई देबदहले ४६ रनको भारी अन्तरले पराजीत गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको देबदहले २० ओभरको खेलमा ८ बिकेट गुमाइ १११ रन जोड्न सफल भएको थियो । जवाफी ब्याटिङमा उत्रिएको स्कर्लस भने १८ ओभरमा अलआउट हुदै जम्मा ६५ रनमै खुम्चियो । प्रतीयोगीतामा स्कर्लसका बिकास आर्चाय म्यान अफ द सिरीज घोषीत भए भने बेष्ट बलरको उपाधी पनि स्कर्लसकै सुबम गमालको पोल्टामा पर्यो । टुनामेन्टको बिजेता देबदहले नगद १५ हजार ,शिल्ड तथा मेडल पाएको छ भने उपबिजेता स्कर्लसले ८ हजारमै चित्त बुझायो ।

यसैबिच प्रतीयोगीताको बिजयी तथा उपबिजेता टोलीलाइ स्कर्लस होम एकेडेमी बुटवलका प्रार्चाय तथा प्रमुख अतिथी जयप्रकाश भटराइले पुरस्कृत गरेका थिए । पुरस्कार बितरण कार्यक्रममा प्रार्चाय भटराइ,पत्रकार दिपक न्यौपाने,देबदह क्रिकेट युनिटका अध्यक्ष रबि रेग्मि,लगायतले बोल्दै स्थानिय स्तरको क्रिकेट बिकासका लागी यस्ता प्रतीयोगीता महत्वपुर्ण हुने बताएका थिए ।

खेल संयोजक बिशाल आर्चायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन शिक्षक राजु भण्डारीले गर्नुभएको थियो । जेष्ठ १५गतेदेखी सन्चालन भएको प्रतीयोगीतामा रुपन्देहि आसपासका बिभिन्न बिधालय र क्लब गरी २८ टिमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend