logo
  • शनिबार, भाद्र २० २०८३

कतार नेपाली एकता समाज अन्तर्गत बुद्धिजीबी विभागको चौथो भेला सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

टेक राज थापा कतार।
कतार नेपाली एकता समाज अन्तर्गत बुद्धिजीवी विभागको चौथो भेला 21 जुलाई 2017 का दिन समपन्न भएको छ । बिभागको अध्यक्ष कमल आचार्यको अध्यक्षता र टेकराज थापाको   सन्चालनमा आगाडी बढेको उक्त भेलाको प्रमुख आतिथ कतार नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष लुमकान्त पुन रहनु भएको थियो ।त्यसै गरि बिशेष अथितीमा केन्द्रीय सचिवालय सदस्य हेमन्त वाईवा ,महा सचिब खेम बुढा, र अतिथिहरुमा केद्रीय सल्लाहकार बलदेव राना,रक्तिम इन्चार्च सुर्य सुबेदी,सैलिया एरियाका समितिका अध्यक्ष लक्ष्मण कोइराला, लेबर सिटिका अध्यक्ष रेशम रोका,दोहा एरियाका केयर सिंह थापा ,सलता एरिया समितिका अध्यक्ष सालिक राम पुन लगाएत रहनु भएको थियो । कार्यक्रममा उपस्थित हुनुभएका प्रमुख अतिथी, विशेष अतिथी, अतिथी, शुभचिन्तक र दर्शकदिर्घा सबैलाई देबेन्द्र बुढाथोकीले मन्तब्यद्वारा स्वागत गर्नुभएको थियो । त्यसै गरि अतिथिहरुले कार्यक्रममा सुभकामना मन्तव्य दिनुभएको थियो । सो क्रममा बुद्धिजिबि बिभागले गरेका कार्य प्रति उच्च मूल्यकन र प्रशंसा गर्दै अझ भोलिका दिनहरुमा थप उदाहरणिय काम गरोस भने सुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष हरि प्रसाद शर्माद्वारा साङ्गठनिक प्रतिबेदन र कोषाध्यक्ष अग्निधर उपाध्यायद्वारा आर्थिक प्रतिबेदन पेस गरिएको थियो । ती प्रतिबेदनहरु व्यापक छलफलका साथ पास भएको थियो ।

उक्त भेलाले पुरानो समितिलाई धन्याद सहित विघटन गरि हरि प्रसाद शर्माको नेतृत्वमा नयाँ कार्य समिति च्यान गरेको छ।जसानुसार अध्यक्ष हरि शर्मा ,उपाध्यक्ष देबेन्द्र बुढाथोकी ,सचिव टेक राज थापा,कोषाध्यक्ष अग्निधर उपाध्य ,सदस्य मिन राज पुन,द्रोण बिक्रम थापा ,राम प्रसाद खनाल ,सल्लाहकार कमल अाचार्य, रेशम रोका ,शिव रोका ,जिवलाल पन्थी ,अमिन खान निर्वाचित हुनु भएको छ ।

नव निर्बाचित कार्यसमितिलाई प्रमुख अथिती लुमाकान पुन विशेष अतिथी हेमन्त वाईवा र खिम बुढाले हार्दिक बधाई तथा कार्यकाल सफलताको  सुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend