साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी साउन ६।
जिल्ला समन्वय समिति गुल्मीको साढे तीन करोड भन्दा वढी रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०७३/०७४ को चालु र पूँजिगत तर्फको गरी तीन करोड ५५ लाख ७७ हजार आठ सय ४८ रुपैयाँ रकम फ्रिज भएको हो ।

आर्थिक बर्ष ०७३/०७४ को बितिय बिवरण गर्दै स्थानीय विकास अधिकारी कल्पना श्रेष्ठ ।
शुक्रबार पत्रकार सम्मेलन गरि स्थानीय विकास अधिकारी कल्पना श्रेष्टले बितिय अवस्थाको बारेमा जानकारी दिएकी थिइन् । जिल्ला समन्वय समिति गुल्मीको लागी चालु र पुँजीगत तर्फ गरी एक अर्व ५७ करोड २८ लाख छ हजार पाँच सय ५१ रुपैयाँ बिनियोजन भएको थियो ।
जसमा ९४ प्रतिशत अर्थात एक अर्ब ४९ करोड ३१ लाख ३५ हजार पाँच सय ५९ रुपयाँ रकम खर्च भएको छ । कुल बजेटको ८७ लाख ४५ हजार चार सय पाँच रुपैयाँ बेरुजु देखिएको छ ।
पुँजीगत तर्फ दुई करोड २१ लाख ७० हजार सात सय सात ७४ रुपैयाँ फ्रिज भएको छ । पुँजीगत तर्फको कुल ४३ करोड ५२ लाख ३१ हजार आठ सय २३ रुपैयाँ बजेटको ८५ प्रतिशत अर्थात ३७ करोड १८ लाख १७ हजार आठ सय २२ रुपैयाँ खर्च भएको हो ।
चालु तर्फ एक अर्व ३४ करोड सात सय रुपैयाँ बजेट बिनियोजन भएको थियो । जसमा ९८ प्रतिशच अर्थात एक अर्ब १२ करोड १३ लाख १७ हजार सात सय ७१ रुपैयाँ खर्च भएको जिल्ला समन्वय समिति गुल्मीले जनाएको छ ।
जिल्ला समन्वय समितिको चालु तर्फ निर्वाचन क्षेत्र विकास कार्यक्रमको सवै भन्दा बढि बजेट फ्रिज भएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमको लागि १२ करोड ५० लाख रुपैयाँ बिनियोजन भएको थियो । जसमा ११ करोड ८३ लाख छ हजार दुई सय १३ रुपैयाँ खर्च भएको छ ।
६४ लाख १३ हजार चार सय १४ रुपैयाँ फ्रिज भएको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शंकर प्रसाद गौतमले बताए । त्यस्तै सामाजिक सुरक्षा तर्फको ६० लाख ९५ हजार एक सय र संस्कृति प्रर्वद्धन कार्यक्रम तर्फ आठ लाख ९८ हजार पाँच सय ६० रुपैयाँ खर्च भएको छैन् ।
पूँजिगत तर्फ साना सिचाई नदि नियन्त्रण र अन्य पुर्वाधारमा बढि फ्रिज भएको छ । त्यो शिर्षकमा ११ करोड १६ लाख ५० हजार बजेट बिनियोजन भएको थियो । जसमा नौ करोड ७३ लाख ६४ हजार तीन सय ४० खर्च भएको छ । भने एक करोड ३८ लाख छ हजार पाँच सय तीन रुपैयाँ खर्च हुन नसकेपछि फिर्ता भएको छ ।
त्यस्तै आर्थिक केन्द्र तथा दुई जिल्ला जोडने सडकको ३१ लाख ८८ हजार आठ सय ६७ र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रममा २८ लाख १५ हजार ७३ रुपैयाँ फ्रिज भएको छ । स्थानीय यातायत पूर्वाधार क्षेत्रगत कार्यक्रम अन्र्तगत १७ लाख ५६ हजार तीन सय ४४ रुपयाँ रकम फ्रिज भएको छ ।
जिल्ला समन्वय समिति गुल्मीले एक करोड ८६ लाख ५३ हजार चार सय ८४ रुपैयाँ राजस्व संकलन गरेको छ । गतवर्ष जिल्ला बिकास समितिले ९१ प्रतिशत रकम खर्च गरेको थियो ।
यो वर्ष काम पुरा भएका र अरु पनि कामको आधारमा बजेट निकासा दिएकाले धेरै शिर्षकहरुमा रकम फ्रिज भएको स्थानिय बिकास अधिकारी श्रेष्ठले जानकारी दिइन् । उनले जिल्लामा काम नगरि बजेट लैजाने प्रबृति कमहुँदै गएको श्रेष्ठले दावी गरिन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend