साझा नेटवर्क
दिल कुमार श्रेष्ठ, दोहा।
एन आर एन ए कतारको सदस्यता आवेदनको अन्तिम रिपोर्ट २१ जुलाई २०१७ मा आउदै छ। आवेदन दिएर बसेका कतारमा रहेका प्रवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु आफ्नो आवेदनको अन्तिम रिपोर्टको वेग्र प्रतीक्षामा रहेका छन्।गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार च्याप्टरको आवेदनको अन्तिम मिति सम्म ३०५१ जनाको आवेदन परेको थियो ।
पहिले जस्तो यसपाली सदस्यता लिने प्रमाण नपुगि अवेदन फारम भरेकाहरुका लागी समय थप गरिएको छैन।हुन त, विभिन्न पक्षका ब्यक्ती तथा सामाजिक संजालका भित्ताहरुमा खल्तीका पञ्जिकृत सदस्यहरु बनेको कुराहरु आई रहेको छ । खल्तिका पार्सद गराउदको अवस्था हामीले एनसिसीका विभिन्न परिसद भेलामा भएका उपस्थिति देखेका छौ । अबको नेतृत्वले त्यता तिर पनि ध्यान दिन जरुरी छ ।
यसैगरि कतारमा रहेका समाजिक अभियानता तथा समाजिक सस्थामा अगुवाई गरिरहेका ब्याक्तित्वका भनाई अनुसार यो पटक स्वइच्छाले सदस्यता लिनेहरुको समेत कमि छैन । स्वइच्छाले सदस्यता लिनेहरुमा सामाजिक अभियानमा लागेका ब्याक्तित्वहरु भएकालेे अहिले उनिहरुको मत निर्णायक हुने अनुमान गरिन थालिएको छ ।
आवेदन दिने समयको समाप्तिसंगै कतारको दोहामा एनसिसि कतारको अधिवेशनले माहोल तताएको छ । “यसैक्रममा कतारमा सामाजिक क्षेत्रमा लागेका चिर परिचित व्यक्तिहरुले विभिन्न तरिकाबाट आ-आफ्नो उमेदवारी घोषणा गरेका छन् । सुन्नमा आए अनुसार उमेदवारका वास्तविक प्रतिस्पर्धीहरुको उम्मेद्बारी अहिले नआएको जानकारहरुले बताएउछन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend