साझा नेटवर्क
साझा नेटवर्क, दोहा साउन ४ ।
आदरणीय कतारबासी सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरु यहाँहरु सम्पूर्णमा मेरो नमस्कार ।
एनआरएनए एनसिसी कतारको २०१७-२०१९ कार्यकालका लागी तृतीय उपाध्यक्ष पदमा मेरो उम्मेदवारी घोषणा :- कतारमा अवस्थित सम्पूर्ण नेपाली दाजु भाई दिदिबहिनी, ब्यबसाशी, समाजसेबी, बुद्द्जीबी,पत्रकार संघ-संस्था तथा सम्पूर्ण परिषद सदश्यहरुलाई एकताबद्द गरि अझै प्रभावकारी ढंगका साथ सस्थालाई घनिभूत रुपले साझा सस्थालाइ नया तबरबाट उचाइमा लैजानु आजको अपरिहार्य आवस्यकता देखिन्छ ।
निस्वार्थ सामाजिक सेवाका साथ लामो समयदेखि निरन्तर समाजका विभिन्न सामाजिक कार्यहरुमा यहाँहरुले मलाई प्रतिनिधित्व गर्ने अवसर दिनु भएकोमा यहाहरु सम्पूर्ण प्रति म आफुलाई गौरबान्बित ठानेको छु। समाज परिबर्तन गर्न व्यक्तिगत सोच परिबर्तनका साथै समय सापेक्ष नया अनुहारको आवस्यकता पर्दछ।
विभिन्न भाषा, धर्म, सस्कृति र मानबिय सहयोगलाइ उच्च सम्मान गर्दै विभिन्न समस्याको समाधानका साथै सङ्घर्षशिल व्यक्ति नै समाजमा सदाबहार समाजसेवीका रुपमा रहन सक्छ। यावत बिषयलाइ समेट्ने गरि मैले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्नय परिषद कतारको आगामी कार्यकाल (२०१७-२०१९) का लागि तृतीय उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको छु ।
सम्पूर्ण कतारबासी नेपाली मनका धनि प्यारा दाजुभाइ तथा दिदीबहिनीहरु, समाजसेवी, विभिन्न पेशामा आवद्द साथीहरु, ब्यबसायिकवर्ग, बुद्दिजिबिवर्ग, मेरा अग्रजहरु, विभिन्न सामाजिक सस्थाका अभियन्ता साथीहरु,पत्रकार महोदय लगायत सम्पूर्ण परिषद सदस्य ज्युहरुको बिशेष सहयोग र समर्थन रहनेमा म आफु बिस्वस्त छु । मेरो सामाजिक चाहना पुरा हुनुमा तपाईहरुका ति सम्मानजनक हातहरुमा निर्भर रहने छ । आशा छ यहाँहरुको माया नै मेरो लागि समाज परिबर्तन गर्ने सौभाग्य हुने छ ।
भवदीय
नारायण बिष्ट
तृतीय उपाध्यक्ष उम्मेदवार
वर्तमान कतारको परिवेशमा आफ्नो उमेद्ववारीको मुल एजेन्डा एवं उद्देश्यका बारेमा निम्न लिखित बुदागत रूपमा प्रतिबद्दता ब्यक्त गर्न चाहन्छु ।
१) सबै जातजाती,धर्म, भाषाभाषी, क्षेत्र तथा लिङ्ग लगायत कतारमा रहेका गैर आवासिय नेपालीहरूको साझा उमेद्ववार आफुलाई उभ्याउने ।
२) कतारमा कार्यरत श्रमिकहरुको हक,हित,अधिकार एवं समस्या निराकरणको हर सम्भब प्रयास गर्ने ।
३) साझा संस्थामा रहेर आम गैर-आवासीय नेपालीहरुसँग हातेमालो गर्दै सहमति र सहकार्यको दिशामा अग्रसर हुदै सम्बृद समाजको स्थापना गर्ने ।
४) कुरीति, विसंगति तथा बिकृति बिरुद्द सधैं कृयासिल रहने ।
५) प्रबासमा रहेका र रोजगारका सिलसिलामा कतार आउन चाहनेहरुलाइ नेपालमा तालिमको ब्यबस्था मिलाउने ।
६) कतारमा रहेका सम्पुर्ण नेपालिहरुको हितका निम्ति मात्रै नभएर विभिन्न समस्यामा परेका नेपालिहरुको उथ्थान गर्ने र आवस्यकता अनुरुप नेपाली दुताबाससग समन्वय गर्ने ।
७) कतारमा रहेका पेशाकर्मी, बुद्धिजिबी तथा ब्यबसयीहरुसँग हातेमलो गर्दै अगाडि बड्ने ।
८) साझा संस्थामा रहेर सामाजिक क्षेत्रबाट अध्यान गरेका अनुभबलाई गैर आवासिय नेपालीहरुको हितको लागि उपयोग गर्ने ।
९) प्राकृतिक प्रकोपबाट देश ठुलै शोकमा डुबेका कारण गैर-आवासीय नेपाली संघबाट नेपाल सरकारलाई पुनर्निर्माणमा सहयोग गर्ने।
१०) दलित ,जनजाति शोषित पिडित, सिमाङ्क्रित, बिपन्न तथा गरिब बिधार्थीहरुका लागि गैर-आवासीय नेपाली संघको तर्फबाट समन्नय तथा सहकार्य गर्दै छुट्टै छात्रवृति कोष स्थापना गर्न पहल गर्ने र शिक्षाबाट बन्चित हुनु परेकाहरुका निम्ति बिशेष प्राथमिकता दिदै अगाडी बढ्ने।
११) सस्थाको निर्देशिकालाइ मध्यनजर गर्दै अर्को कार्यकालमा सम्पूर्ण कतारमा अवस्थित गैर-आवासीय नेपालीहरुलाइ सदस्यता वितरण गर्ने ।
१२) नेपाली सस्कृति र भाषाका उथानका लागि राष्ट्रियता झल्कने खेलकुद, सास्कृतिक कार्यक्रम लगायत गैर-आवासीय नेपालीहरुसँग भएका सीप र क्षमताको उच्च सम्मानका साथै अवास्यकिय सहयोग गर्दै प्रतिभाको कदर हुने गरि समन्नय गर्ने ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend