साझा नेटवर्क
ध्रुब क्षेत्री, दोहा ।
गोरखा मुस्लिम एकता सेवा समाज कतार अभियानको मिति ७ जुलाई २०१७ मा बसेको बिशेष बैठकले कतारमा छरियर रहेका गोर्खाली मुस्लिम समुदाय बिच रहदै आएको एकतालाई अझ प्रगाढ बनाउदै समुदाएको बिकाश र निकासको निम्ती एकबद्द तरिकाले अगाडी बढ्ने निर्णय गरिछ ।
बिगत केहि समयदेखी निस्कृय जस्तै रहदै आएको यो संस्थालाई अब नयाँ जोस जांगर र नयां ढंगले अगाडी बढाउने प्रतिबद्दताका साथ केहि रिक्त पदहरु पनि पुरा गरि एक पूर्ण कमिटी गठन गरेको गोरखा मुस्लिम एकता समाजका अभियन्ता तथा बर्तवान महासचिव इब्राहिम मियाँ ले बताए।
मियाँका अनुसार उपस्थित अभियन्ताहरु बाट निम्न उल्लेखित पदमा सर्ब सम्मत चयन गरेको छ। अध्यक्ष : मुमजन मियाँ, प्रथम उपाध्यक्ष : कलिम मियाँ, द्वितिय उपाध्यक्ष : जुम्म दिन मियाँ (करीम ) , त्रितीय उपाध्यक्ष : अक्बर खाँ मियाँ , महासचिब : इब्राहिम मियाँ , सचिब : मैबु मियाँ , सह सचिब : अहमद रेजा मियाँ, कोषाध्यक्ष : मैबुब हुसेन मियाँ , सह कोषाध्यक्ष : नसिम मियाँ (जलाल मियाँ) , सदस्यहरु : हबिब मियाँ , अम्म दिन मियाँ , इब्राहिम मियाँ , सकिल मियाँ , सलिम मियाँ , मो अलि मियाँ , अमिर मोहम्मद मियाँ , आरिफ मियाँ , समिम मियाँ , समिर मियाँ , त्यसै गरि सल्लाहकार समितिमा सल्लाहकार संयोजक कमल दिन मियाँ , सल्लाहकार सचिब : मैनु दिन मियाँ साथै सल्लाहकार सदस्य मा :मो. करम दिन मियाँ रहनु भएको छ ।
गोर्खा जिल्लाबाट कतारमा काम वा कुनै ब्यबसाय गरेर बस्ने सम्पुर्ण इस्लाम धर्मावलम्बीहरुलाई एकता गरेर कतार तथा जिल्लामा भएका समस्या प्रति सहयोग र सद्भाव बढाउने उदेस्य ले यो-सस्था गठन भएको उल्लेख गर्दै सम्पुर्ण कतारमा रहेका मुस्लिम समुदायलाई ययस संगठनमा एकता बढ्द हुन सस्थाले आवहान गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend