logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा आयोजित तिज कार्यक्रमको तयारी पुरा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दिल कुमार श्रेष्ठ, दोहा ।
नेपाली महिला समाज कतार महिलाहरुको लागि पवित्र मानिने हरितालिका तीज २०७४ को अवसरमा बिबिध सांगीतिक कार्यक्रम तयारी पुरा भएको छ । कार्यक्रमले मुलुक कै बिपन्न अवस्थामा रहेका चेपाङहरुको बालबालिकाहरुको सहयोगको लागी हुने जानकारी कार्यक्रमकी संयोजक अमिना खानले दिएकी छन् । २५ अगस्त २०१७ मा हुने कार्यक्रमको तयारीका लागी महिला समाजका दिदिबहिनिहरुले कतारमा घरदैलो कार्यक्रम समेत गरेको थिए । हरेक बर्ष महिलाहरुको महानपर्व हरितालिका तीजलाई कतारमा बिशेषमहत्वका साथ मनाइने गरिएको छ ।

कार्यक्रममा नेपालबाट समेत राष्ट्रिय स्तरका कलाकार समेत आउने भएका छ । अन्य पर्वहरु भन्दा अलि फरक मानिने यो पर्वमा महिलाहरुले भोजन नगरी वर्त बस्यो भने आटेको पुग्ने बिस्वाश छ । महिला समाज कतारले यस तीज पर्वलाई उच्च महत्वको साथ मनाउदै आएको छ । तिज बिशेष बिशेष कार्यक्रमका लागी तय भएका केहि कलाकारहरु महिला समाजले नाम सार्वजनिक गरि सकेको छ ।

आमन्त्रित कलाकारहरुमा लोकदोहोरी गायिका चन्द्रा अर्याल, आधुनिक गायिका अमृता सम्बाहाम्फे लिम्बु, डान्सर प्रमिला श्री र उधोषिका सन्ध्या बुढा रहेका छन् l नेपालबाट कलाकारहरुले कार्यक्रम हललाई रंगमञ्चमा बनाउने भएका छन् । कार्यक्रमले प्रवासमा रहेका नेपालीहरुको सम्बन्ध समधुर राख्नको साथै चाडपर्व र रितीरीवज जोगाउनमा ठुलो सहयोग पुग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend