साझा नेटवर्क
दिल कुमार श्रेष्ठ दोहा ।
गैर आवासिय नेपाली संघ एनआरएनको गल्फ संयोजकमा आरके शर्माले उमेद्वारी घोषणा गरेका छन् । दोहाको एक कार्यक्रममा शर्माले आफ्नो उमेद्वारी घोषणा गरेका हुन् ।
अघिल्लो कार्यकाल एनआरएनए आइसीसी सदस्यमा मनोनित शर्माले १३ वर्ष देखि कतारमा व्यवसाय गर्दै आएका छन् । कतार बसाइको क्रममा हरेक समयमा सामाजिक कार्यमा हातेमालो गरेका शर्माले आफू गल्फ संयोजकका लागि योग्य भएको दाबी गरे । आफू विजय भए ५१ लाखको वैदेशिक रोजगार सचेतना तथा विपद कोष गठन गर्ने प्रतिबद्धता गरेका छन् ।
गल्फ संयोजककै लागि ओमानबाट डिबी क्षेत्री र बहराइनबाट जेपी सापकोटाले उमेद्वारी घोषणा गरिसकेका छन् । आगामी अक्टोबर १४ देखि काठमाडौंमा एनआरएनको ७ औं महाधिवेशन हुँदैँछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend