logo
  • शनिबार, भाद्र २० २०८३

सिमान्तकृत कुमाल महिलालाई कुखापालन व्यवसायकाे अवसर


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

विमल खड्का, बाग्लुङ असार १८ ।
खर्वाङ सिमान्तकृत महिलाहरु कुखापालन गरि ब्याबसायिक रुपमा अघि बड्ने अवसर मिलेकाे एक कार्यक्रमका सहभागिहरुले बताए । बडिघाट गाउपालिका वार्ड नं २ मा खरवाङमा अायाेजित पंक्षिमां अाधारित सीप बिकास तथा कुखुरापालन सहयाेग कार्यक्रममां बक्ताहरुले अाफ्ना धाराणा बतायका हुन ।
भुमिहिन, गरिब, सरकारि सेवाकाे अवसरबाट बन्चित सिमान्तकृत कुमाल समुदाय उन्नत सीप प्रबिधि सिकि कुखुरापालन ब्याबसायबाट जीवनस्तर उकास्न गरिने प्रयासलाई मद्दत पुर्याउन याे कार्यक्रमकाे अायाेजना गरेकाे अधिकारकर्मि यवं सामाजिक अभियान्ता सिताराम थापाले बताए ।

कार्यक्रममा प्रमुख अतिथि ज्ञान कुमारि छन्त्यालले कुमाल महिलाहरुकाे लागि लक्षित गरि अात्मिनिर्भर बनाउन अावश्यक भयकाे बताईन । उनले मन्त्रि चयन प्रकृयामां लाग्नुपर्ने बेला र दलले अावश्यक ठाने अाफु पनि मन्त्रि चयन हुन सक्ने अवसर छाेडेर यहाँ समय दिन अायकाे बताईन ।

बडिघाट गाउपालिका २ वार्ड अध्यक्ष बिष्णु भुसालले तल्लाे तहमां रहेका महिलाहरुलाई जीवन उपयाेगि यस्ताे कार्यक्रम फलदायि भयकाे र भबिष्यमां अाफुले पनि सक्दाे सहयाेग गर्ने बताए । कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, गण्डकी थापा, लिलमाया पुन, गाबिस सचिव गिता पाैडेल, संचारकर्मि कमल पाैडेल लगायत यक दर्जन समाजसेबि तथा सराेकारवाला निकायहरुले बाेलेका थिए ।

प्रशिक्षक सत्कर्म नेपालका निर्देशक यवं अभियन्ता सिताराम थापा लगायतले अाधुनिक सीप प्रबिधि र कुखुरापालन बारे सहजिकरण गरेका थिए । उक्त सीप बिकास तालिम तथा कुखुरा पालन सहयाेग कार्यक्रम ढनेरपाटनकाे बुर्तिवाङकाे दुई समुहका यक्कल, दलित र कुमाल महिलाहरुलाई पनि सहयाेग गरियकाे थियाे ।

करिब १२०० उन्नत जातकाे दुई हप्ते कुखा बितरण गरि अर्थाेपार्जनमां सहयाेग भयकाे छ । अामा मिलन केन्द्र, सत्कर्म नेपाल, महिला मानव अधिकार रक्षककाे संयुक्त अायाेजनामां भएकाे कार्यकमकाे अध्यक्षता ज्ञानु थापा मगर र संचालन डिलमाया पाैबिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend