साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी जेठ २७ ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ गुल्मीले आफ्नो स्थापना दिवसको अवसरमा फलफुल वितरण गरेको छ । आफ्नो ११ औ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल तम्घासमा भर्ना भएका विरामीहरुलाई फलफुल बितरण गरिएको हो ।

कार्यक्रममा एमाले कार्यबहाक अध्यक्ष मधुकृष्ण पन्त, निजामती कर्मजारी संगठनका केन्द्रिय सदस्य ददिराम मरासिनी, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख रामजी बानियाँ, अस्पताल विकास समितिका अध्यक्ष दान बहादुर केशी, पानका केन्द्रिय सदस्य बोम अर्याल, संगठनका जिल्ला महासचिव ओम बहादुर थापा क्षेत्री, अन्य सदस्य, स्वास्थ्यकर्मी पत्रकार लगायतको सहभागीता रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend