साझा नेटवर्क
दोहा, असार १४ ।
“दिगो विकाश र समाजिक भावना, समाजको एकता समृद्धिको चाहाना” भन्ने मुल नाराका साथ राँक प्रवासी सेवा समाज कतारको तेश्रो वार्षिक साधारणसभा तथा आन्तरिक बनभोज कार्यक्रम सम्पन्न भएको छ।
साधारणसभाले नबराज पुनको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको छ । जस्को प्रथम उपाध्यक्षमा कमल पुन मगर, दोश्रो उपाध्यक्षमा एकराज केसि, महासचिवमा दिपेन्द्र पुन मगर, सचिबमा प्रकाश बुढा मगर, कोषाध्यक्षमा राकेश पुनमगर र सह कोषाध्यक्षमा भुपाल के सि रहनु भएको छ।
त्यस्तै कार्यसमिती सदस्यहरुमा नर बहादुर घर्ती मगर, मानसिङ के सि,राम कुमार घर्ती मगर, जीवन केसि, किरण के सि, करण पुन मगर, शुनिल घर्तिमगर, शेर बहादुर पुन मगर र भरत वलि रहेका छन। त्यसैगरि सस्थाको संरक्षक/सस्थापकमा देबराज पुन मगर, सल्लाहकार संयोजकमा खिम बहादुर केसि, सल्लाहकार हरि घर्ती मगर, राम बहादुर पुन मगर, शेर बहादुर वलि, झुपलाल पुन मगर, रत्न राणा, टोप खडका र दिपेन्द्र बुढा मगर रहनु भएको छ।
समाजका सचिब दिपेन्द्र पुन मगरको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको उदघाटन सल्लाहकार झुपलाल पुनले उदघाटन गर्नु भएको थियो भने नबराज पुन मगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिब एकराज केसिले गर्नु भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend