logo
  • शनिबार, भाद्र २० २०८३

NRNA NCC कतारको बृहत इफ्तार कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दिल कुमार श्रेष्ठ, दोहा ।
एनआरएनए एनसीसी कतारले बृहत विगतका बर्षहरुमा जस्तै यस साल पनि इफ्तार कार्यक्रम सम्पन्न गरेको छ । रमजानको अवसरमा आफ्नो धर्म र सस्कृतिको जगेर्ना गर्दै बिशेष कार्यक्रम समेत गरेको थियो ।
बार्षिक रुपमा आउने यो पर्वमा इस्लाम धर्मावलम्बीहरुले बिहान देखि बेलुका सम्म दिन भर पनि पनि नखाईकन बर्त अर्थात् रोजा बस्ने गर्दछन् । साँझ रोजा खुले पछि मात्र भोजन गर्ने धार्मिक परम्परा रहेको छ । धार्मिक परम्पराको सस्कृतिलाई जगेर्ना गर्दै संघले गरेको बृहत इफ्तार बिशेष कार्यक्रममा कतारमा रहेका नेपाली मुस्लिम समुदायका २०० भन्दा बढीले सहभागिता जनाएका थिए ।
बृहत इफ्तार कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा रहेका एनआरएनए आईसिसिका सल्लाहकार कार्कीले महान पर्व रमजानको सम्पूर्ण शुभकामना दिएका थिए । उनले कतारमा स्थापित भए देखी संघमा जोडिएका धर्म, सस्कृति, र परम्परालाई नेपालीपन दिदै संघले कतारमा मनाउदै आएको बताए ।

सो अवसरमा मौलाना गुरु, एनआरएनए एनसीसी तथा आईसिसि कतारका विशिष्ट प्रतिनिधिहरुले समेत कार्यक्रमका लागी शुभकामना मन्तब्य दिएका थिए । सालिमार रेष्टुरेष्टको सभाहलमा सम्पन्न कर्यक्रमको सभापतित्व एनआरएनए एनसीसी अध्यक्ष विनेश तामाङ्गले गरेका थिए ।

प्रमुख अतिथिमा एनआरएनए आईसिसिका सल्लाहकार टिवि कार्कील रहेको कार्यक्रममा मौलाना गुरु, एनआरएनए एनसीसी तथा आईसिसि कतारका विशिष्ट प्रतिनिधिहरुका साथै एनआरएनए आइसीसीका पुर्व तथा वर्तमान पदाधिकारीहरु, एनआरएनए एनसीसी पुर्व तथा वर्तमान पदाधिकारीहरु, संघसस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुलाई समेत असन ग्रहण गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend