साझा नेटवर्क
रौतहट, जेष्ठ २७ ।
बन्दको अवज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले गुडिरेको एक ट्रकमा पेट्रोल बम प्रहार छन।

सिरहाको मिर्चैयाबाट आँप बोकेर काठमाडौं तर्फ गइरहेको ना६ख ४६१५ नम्बरको ट्रकमा बम हान्दा त्यसमा सवार सहचालक बसन्त मगरको अनुहार जलेर घाइते भएका छन। बमले लागेर जलेका मगरको अवस्था अहिले खतरामुक्त रहेको चन्द्रनिगाहपुर अस्पतालका डाक्टर सुवास चौधरीले जानाकारी दिएका छन्।
बम हानिएपछि अहिले पूर्व-पश्चिम राजमार्गमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। विभिन्न समयमा पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहा गर्नुपर्ने भन्दै विप्लव माओवादीले आज बन्द आह्वान गरेको हो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend