logo
  • शनिबार, भाद्र २० २०८३

पाल्पाली समाज द्वारा प्रमुख सल्लाहकारलाई बिदाई


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दुर्गा अधिकारी दोहा ।
पाल्पाली सेवा समाज कतारले पूर्व अध्यक्ष तथा बर्तमान प्रमुख सल्लहकार श्री भुपराज दुवाडीलाई सम्मानका साथ बिदाइ गरेको छ। बिक्रमपुर रेस्टुरेन्टको सभा हलमा एक कार्यक्रममा सस्थाका पदाधिकारीहरु सहित प्रवासी पाल्पालीहरुको बृहत उपस्थिति रहेको थियो । समाजका अध्यक्ष लिलम्बर चिडी मगर (लिलम) को सभापतित्वमा प्रमुख अथिति यसै संस्थाका प्रमुख सल्लाहकार श्री भुपराज दुवाडी रहेका थिए । कार्यक्रममा सल्लाहकार सदस्य हेम बहादुर बगाले मगर,कोषाध्यक्ष मिन बहादुर सारु मगर, सदस्य धकेश्वर भण्डारी, पूर्व सहकोसाध्यक्ष कृष्ण चौहान मगर, संस्थापक सदस्य गिरिराज बश्याल, राम लाल खाती साथै अन्य पाल्पालीहरुको बाक्लो उपस्थित रहेको थियो। कार्यक्रमको सन्चालन संस्थाका सचिब दुर्गा अधिकारी गरेका थिए ।

परिचयात्मक आदानप्रादानबाट शुरु भएको सामारोहमा बिदाई भएर जानुहुने पूर्व अध्यक्ष तथा बर्तमान प्रमुख सल्लहकार दुवाडीलाई संस्थाका बर्तमान अध्यक्ष दुवारा पाल्पाली शिरमा ढाका टोपी र सचिब दुवारा पाल्पाली ढाकाको दोसल्लाह ओढाएर सम्मान गर्दै कोसाध्यक्षबाट मायाको चिनो प्रदान गरिएको थियो। लामो समय कतारको बसाईमा रहेका दुवाडीले समाजको दुई कार्यकाल अध्यक्ष पदमा रही समाजलाई अहिलेको अवस्थामा ल्याउने महत्वपूर्ण योगदान दिएका थिए ।

प्रमुख सल्लहकार भूमिका समेत प्रभावकारी ढंगले प्रस्तुत हुदै सस्थाको हितमा सल्लाह सुझाव दिदै आएका थिए । उनले समाज प्रति निभाएको उत्तरदायी भूमिकाको उच्च मूल्यांकन गर्दै समाजले सम्मान सहित बिदाई गरेको छ । उपस्थितहरुले शुभकामना मन्तब्य राख्दै वंहाको सामाजिक कार्य प्रती रुची भएको अति मिलनसार तथा संस्थाको शिर सम्झिदै वंहाको यात्रा सफल रहोस् आगामी दिनहरुमा सफलता र प्रगतिको कामना गरेका थिए ।

जादै गर्दा उनले नेपालमा बसेर पनि तपाईंको सामाजिक भाबना कहिलै कमी नहोस् भनी सस्थाले गरेको सम्मानको कदर गर्दै आउने दिनहरुमा नेपालमा रहेर पनि यंहाहरुसगै संस्थागत रुपमा वा भाईचारा राख्दै सहकार्य गर्ने बताएका थिए । आफुले मलजल गरेको सस्था र सहकर्मीहरुको साथबाट टाढा हुदाको पिडामा अती नै भाबुक हुदै गहभरी आँसु र मनमा जन्मभुमी र घर परिवारको सम्झनाले ताने पनि सँगैका यस सामाजिक सस्थामा निरन्तर भावनात्मक रुमा सधै साथ रहने छु ।

उनले भने, अन्तमा संस्थाका अध्यक्ष मगरले उहाको सामाजिक कार्य प्रतिको भावनाले अफुलईस समेत यहाँ सम्म तानेको खुलाएका थिए । साथै आउँदा दिनहरुमा पनि यंहाले देखाएको बाटो पहिलयाउदै जाने बाचा गर्दै उहाको सुखद एबम सफल यात्राको कामना दिदै उहाको उदेश्यमा भन्दै औदाका दिनको उत्तरोत्तर प्रगतिको शुभकामना व्याक्त गर्दै बिदाई तथा सम्मान कार्यक्रम समापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend