साझा नेटवर्क
उद्धव मगर दोहा ।
मिति २०१७/०६/१६ का दिन कतार नेपाली एकता समाजले सनैया ३८ लेवर सिटीमा एरिया समिति गठन गरेको छ । कतार नेपाली एकता समाजका बुद्धिजीवी विभागका सदस्य रेशम रोकको विशेष पहल र कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुनको प्रमुख आतिथ्यमा एक भेलाको आयोजना गरी विभिन्न विषयमा छलफल र प्रशिक्षण गर्दै ११ सदस्यीयसदसीय एरिया समिति गठन गरेको छ ।
उक्त भेलामा विशेष उपस्थिती एकता समाजका प्रथम उपाध्यक्ष मदन श्रीस र अन्य अतिथीहरुमा बुद्धिजीवी विभागका कोषाध्यक्ष अग्नीधर उपाध्यय र सनैया डी एरिया समितिका कोषाध्यक्ष थम्मन पुनको पनि उपस्थिती रहेको थियो । भेलामा उपस्थित सम्पुर्ण सदस्यहरुको परिचयबाट शुरु गरिएको कार्यक्रममा उपस्थित मजदूर साथीहरुले कतारमा मजदुरहरुको अवस्था र कतार नेपाली एकता समाजको भूमिका लगाएत नेपाली राजदुतावासको विषयमा पनि जिज्ञासा राखेका थिए ।
यस विषयलाई प्रमुख अध्यक्ष लुमाकान्त पुनले उपस्थित सम्पूर्ण मजदूर साथीहरुलाई स्पस्ट पार्नु भएको थियो । साथै विशेष अतिथीहरुले संगठित भएका एरिया समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो । यस लेवर सिटी एरिया समितिमा ११ सदस्सीय रहेको छ जसमा अध्यक्ष, रेशम रोका (अर्घाखाची) उपाध्यक्ष, भक्त बहादुर पुन (बाग्लुङ्ग) सचिव, रोशन राई (झापा) कोषाध्यक्ष, उम बहादुर घर्ती (प्यूठान) सदस्यहरु :– क्रमस जित बहादुर परियार ( पर्वत) मिन बहादुर परियार (पर्वत) पदन बूढा (बाग्लुङ्ग) लिला बुढा (बाग्लुङ्ग) लेखनाथ के.सी (कपिलवस्तु) गिब बहादुर थापा(गुल्मी) गोर बहादुर थापा (गुल्मी) रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend