logo
  • शनिबार, भाद्र २० २०८३

प्रवासी नेपाली मंच कतारको पाचौं राष्ट्रिय अधिवेशन हुदै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दिल कुमार श्रेष्ठ, दोहा।
प्रवासी नेपाली मंच कतारको पाचौं राष्ट्रिय अधिवेशन हुदै छ। मंचको पाचौं अधिवेशन ईस्लाम धर्मालम्वीहरुको महान पर्व ईदको पहिलो दिन हुने मिति तय भएको छ। अधिवेशनले २ बर्षे कार्यकालको लागी नयाँ कार्यसमिति चयन गर्ने छ।गल्फ प्याराडाईस होटलको सभा हलमा हुने ऐतिहासिक राष्ट्रिय अधिवेशनमा नेपालका राष्ट्रिय स्तरका नेता तथा पुर्व मन्त्रि आउने भएका छन् ।मंचका अध्यक्ष रामहरी गैरेले दिएको जानकारी अनुसार पाचौं अधिवेशनलाई सम्बोधन गर्नको लागी नेपाल सरकारका पुर्व पर्यटन तथा सास्कृतिक मन्त्री एवं ने.क.पा एमालेका केन्द्रीय सचिव साथै संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ आउने लगभग निश्चित भई सकेको छ।

मंचले कतारमा स्थापना भए देखि आजको अवस्था सम्ममा विभिन्न सामाजिक गतिविधिहरुको योजना सहित सम्पन्न गएको छ। समस्यामा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको समस्यालाई नेपाली नियोग तथा नेपाल सरकार सम्म पुर्याउनको लागी नेतृत्वदायी भूमिकासमेत खेलेको छ ।सम्बन्धित निकायहरुमा समेत जोडतोडले आवाज उठाउदै आएको मंचले यहि महिनाको अन्तिम साता नयाँ नेतृत्व पाउने निश्चित छ।

नेतृत्वको लागी आन्तरिक मसलाहरू पाकिरहेको भए पनि अन्तमा कुसल नेतृत्व आउने दोहाबासी शुभचिन्तकहरु ढुक्क छन्। अधिवेशनका लागी कतार स्थित नेपाली समुदाय, पत्रकार,कलाकार, साहित्यकार, विभिन्न पेशा , व्यवसायमा सलग्न रहनु भएका नेपाली दाजुभाई तथा दिदिवहिनीहरुमा मंचले सहभागिताको सबैमा हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend