logo
  • शनिबार, साउन ३० २०८३

तिज कार्यक्रमका लागि महिला समाजले संघसस्थाहरुसंग छलफल गर्ने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दिल कुमार श्रेष्ठ, दोहा ।
नेपाली महिला समाज कतारले गर्न लागेको तिज कार्यक्रमको लागी कतारमा रहेका संघसस्थाहरुसंग छलफलको गर्ने भएको छ । महिलाहरुको पवित्र पर्व हरितालिका तीजको अवसरमा समाजले गर्न लागेको कार्यक्रमका लागी सुझाव सल्लाह र सहयोगको लागी कतारका स्थापित संघसस्थाहरुलाई उपस्थितिको लागी आह्वान गर्दै बैठक बोलाएको समाजकी अध्यक्ष सुस्मिता भुसालले जानकारी दिएकी छिन् ।

सर्वप्रथम नेपाली महिला समाज कतारले समन्वय गरी २०७४ विविध सांगीतिक कार्यक्रमहरु सहित भव्यरुपमा आयोजना गर्न गइरहेको जानकारी गर्न चाहान्छौं । समाजले हरितालिका तिजको अवसर पारेर आगामी २५ अगस्त २०१७ मा विविध सांगीतिक कार्यक्रमहरु गर्ने भएको छ ।

कार्यक्रमले मनोरञ्जनात्मक मात्र नभएर कार्यक्रमलाई मुलुक कै बिपन्न अवस्थामा रहेका चेपाङ जातिका बालबालिकाहरुको सहयोग गर्ने कल्याणकारी लक्ष्य राखेको छ । विगतमा तीज कार्यक्रम महिला समाज लगाएत अन्य संघसंस्थाहरुले आ–आफ्नै तरिकाले छुट्टा छुट्टै मनाउने गरेको थियो l यसपटक संयुक्त रुपमा विभिन्न संघसंस्था लगायत कतारमका व्यावसायिक समेट्दै एक ठाउँमा तिज मनाउने प्रयास गरेको छ ।

त्यसै अनुरुप समाजले आयोजना गर्न गैरहेको कार्यक्रमलाई एतिहासिक रुपका र भव्य बनाउन कतारका स्थापित संघसंस्था लगायत बुद्दिजिबिसंग बारेमा अझै बढी छलफल गर्नको लागि बैठकमा उपस्थिति भएर राय सल्लाह सुझाव दिन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend