साझा नेटवर्क
दिल कुमार श्रेष्ठ, दोहा ।
गैरआवासीय नेपाल संघ, राष्ट्रिय समन्वय परिषद, कतारले आगामी कार्यकाल २०१७–२०१९ का लागि पंजिकृत सदस्यता नविकरण तथा नयाँ सदस्यताका लागि आवेदन खुल्ला गरेको छ ।
संघको चौथो तथा अन्तिम राष्ट्रिय परिषद् भेलाको निर्णय अनुरुप पंजिकृत सदस्यता नविकरण तथा नयाँ सदस्यताका आवेदनका लागि गत २६ मई २०१७ देखि अन्तिम मिति १४ जुलाई २०१७ शुक्रवार राती ११:५९ बजे सम्म तोकेको छ ।
एनआरएनए एनसीसी कतारले यो पटक आवेदन दिनको अाइसिसिको निर्देशन अनुरुप अनलाईन प्रबिधी मार्फत आबेदन लिएको छ । संघले विभिन्न मिडिया मार्फत सूचना जारी गर्दै कतारमा कार्यरत सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई आवेदन दिन र नबिकरण गर्न आह्वान गरेको छ ।
एनआरएनए एनसीसी कतारले पंजिकृत सदस्यता नविकरण तथा नयाँ सदस्यता आवेदन सुल्क ५५ रियल कायम गरिएको छ । तोकिएको अन्तिम मिति (अवधि) भित्र शुल्क समेत भुक्तानी गरि सक्नु पर्नेछ अन्यथा फर्म स्विकृत हुनेछैन । आवेदकले फर्ममा उल्लेखित विवरणहरु अनिवार्य भर्नु पर्नेछ ।
आवेदकले निम्नानुसार नियमहरु पालना गर्दै आवेदन दिन सक्ने छन् ।
१. आवेदन अनिवार्य http://qa.nrna.org/Registration मा लिङक गरिएको फर्म मार्फत भर्नु पर्नेछ । यसरी भरिएको आवेदन आइसीसीको IMS प्रणालिमा जाने भएको र परिवर्तन नहुने भएकोले सहि विवरण भर्नु पर्नेछ ।
२. आवेदन फर्म भर्दा इमेल ठेगाना अनिवार्य छ । उल्लेखित इमेल नै आफ्नो प्रोफाइलको युजर आइडि हुनेछ । आवेदन प्राप्त भएको, स्विकृत वा अस्विकृत भएको लगायतका सबै जानकारी सोहि इमेलमा प्राप्त हुनेछ । साथमा फर्म भर्दा उल्लेख गरिएको पासवर्ड सदस्य स्वयंले सुरक्षित राख्नु पर्नेछ ।
३. नविकरण गर्ने आवेदकले फोटो, पासपोर्ट र बैध कतारी आईडिको प्रतिलिपि नत्थि गर्नु पर्ने छ ।
४. नयाँ आवेदकले अनिवार्य नत्थि गर्नु पर्ने :
क. फोटो
ख. पासपोर्ट
ग. कतार प्रवेश गरेको २ बर्ष पुरा भएको प्रमाणित कागजात
घ. हाल वैध कतारि आईडिको प्रतिलिपि सहित आवेदकले अनलाईन आवेदन फर्म भरे पश्चात सदस्यता शुल्क भुक्तानीको लागि एनआरएनए एनसीसीका निम्ननुसार पदाधिकारीहरुलाई चयन गरेको छ ।
प्रदेश नं. १ मातेज कटुवाल ५५८६८२१४, धिरज राई ५५०९२९४१, प्रदेश नं. २ उत्तिम साह ३०२७६५१०, खिम रानामगर ५५८७२७९५, प्रदेश नं. ३ भेषराज पराजुली ७७७४६६३३, ५०४२१९१८, प्रकाश परियार ५५२९८०३७, प्रदेश नं. ४ प्रेम बि. क. ३१४११३००, रेशम बस्नेत ३३८४०६४२, प्रदेश नं. ५ मुक्तदा मुसलमान ७४४४९५९२, ठाकुर परियार ३३१२८८२९, प्रदेश नं. ६ र ७ लिला जि. सी ३११४३६९१, नरेस जैसी ७०६९१८४१ रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend