logo
  • शनिबार, भाद्र २० २०८३

रोल्पा जलजला सेवा समाजको मासिक बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

चोम बिष्ट, कतार ।
नेपाल छोडी प्रवासमा पुगि जुटेर सेवा समाजको स्थापना गर्छन् नेपाली ।अनि हाम्रो देश नेपालको मध्य पश्चिमाञ्चल रोल्पा जिल्ला जन्मभुमि भै कर्मभुमी मध्यपुर्बी खाडिमुलुक कतारमा पुगेर थुप्रै सस्थाको स्थापना भएको त्यसमा पनि रोल्पालीहरुले दोहा कतारमा कार्यरत रोल्पालिहरुको सामुहिक सस्था रोल्पा जलजला सेवा समाज दोहा कतार हो।
मासिक नियमित बैठक समाजका अध्यक्ष वसन्त थापाको अध्यक्षतामा सम्पन्न भएको छ। समाजका संयोजक सुर्य बिक सल्लाह तथा सस्थापक चेतमान रोका,सस्थापक भबिन्द्र बुढाथोकीको बिशेश उपस्तिथि रहेको थियो । रोल्पाको विभिन्न साबिकको गाबिस टोल वडाबाट समेत बाक्लो उपस्थिती रहेको थियो । बैठक संचालन समाजका चोम बिष्टले गर्नु भएको थियो ।

बैठकमा चेतमान रोका,बालराम जैसी, भबिन्द्र बुढाथोकी ,जीवन खड्का, दिपक कुवर,नर बहादुर बुढाथोकी, शिव बुढाथोकी, रुद्र प्रसाद रोका,शिवलाल बुढाथोकी अज्ञात क्षेत्री,खिम थापा लगाएतले समाजको गतिविधि उद्देश र समाजको बारेमा प्रष्ट पारेका थिए । आठौं कार्यकालको समिक्षा र नौ अधिवेशनको लागि सबै रोल्पालिको एकताबाट नयाँ कार्यसमिति गठन हुने समेत बताए ।

यसै गरि ललित पुन मगर, सोमलाल बिष्ट पहिलो पटक जिल्ला स्थरिय सस्थाको बैठकमा आएर बोल्न पाउँदा खुसिका साथमा हामी एक हुनुपर्छ प्रवास गाउँ गाउँ टोल टोल होईन हामी सबै रोल्पाली हौ। मात्रै अब रोल्पाको नाउ बाट अगाडि बढौ फुटेर होइन जुटेर बढौ भन्ने संदेश दिएका थिए ।

साथै सुर्य बिकले समाजको सुरुवात देखि हालसम्म गर्दै आएको समाजले विभिन्न क्षेत्र जस्तै भुकम्प पीडित, बाढी पीडित, मृतक परिवार, कतारमै कम्पनीबाट ठगिएका रोल्पालिलाइ सहयोग गरेको उल्लेख गर्दै सायद यो सस्था नभएको भए सम्भावना थिएन यसरी सहयोग गर्न । समाजको माध्यमबाट सबैलाई सक्दो सहयोग गर्न सहज भएको बताउनु भयो।

यसैगरी अन्त्यमा समाजका अध्यक्ष बसन्त थापाले गर्मीको ताप र राप संगै बाक्लो उपस्थितिको लागि सम्पुर्णलाई बिशेश धन्यवाद व्यक्त गर्दै अर्को महिना नवौं माहाधिवेशन हुने हुदा आकाङ्क्षि इच्छुक उमेदवारको लागि तयार भएर बस्न समेत जानकारी गराउनु भयो । आगामी मासिक बैठक र नवौं महाधिवेशनमा सम्पुर्ण उपस्थित भैइदिनको लागि आग्रह समेत गर्दै बैठक समापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend