साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
पुर्व देखि पश्चिम सम्मका मगरहरु नेपालवाट आफ्नो कर्म थलो बनाई कतारमा रोजगारीको शिलशिलामा आएका मगरहरुले जातिय तथा अन्य संघ सङ्गठनसँग सद्भव एवं भातृत्व अभिवृद्धि गर्दै आएको छ ।

आदिवासी जनजाति अधिकार र मानव अधिकारको घोषणा पत्रलाई अंगिकार गरी देशको समुन्नतिमा महत्वपूर्ण योगदान पु¥याउन कतारमा रहेका मगर जातिहरुलाई पनि आफ्नो जाति, भाषा, लिपि, धर्म, संस्कृति, कला तथा साहित्यको संरक्षण र सम्बद्र्घन गर्ने उद्देश्य लिई सन् २००० जून ३० (२०५७ अषाढ १६ गते) तारिखका दिन “मगर सेवा संघ, कतार” को नामाकरणमा स्थापना भएको हो ।
यस संघ नेपाल प्रवासी मगर संघ, दोहा कतार हुंदै, नेपाल मगर संघ, केन्द्रिय समिति काठमाण्डौं वाट १ मार्च २०१५ देखि वैदेशिक शाखाको मान्यता प्राप्त पछि “नेपाल मगर संघ, शाखा कतार” को नाममा परिणत भएको छ ।
“अधिकार सम्पन्न एकिकृत मगरात स्वायत्त प्रदेश स्थापानाको लागि हाम्रो अभियान, मगर समुदायको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको पक्षमा १२ औं महाधिवेशन ।” भन्ने नाराको साथमा “१२ औ महाधिवेशन तथा १७ औं वार्षिकोत्सव—२०१७ ” आगामी ३० जुन २०१७ शुक्रवारका दिन हुदैछ ।
नेपाल मगर संघ, केन्द्रिय समिति काठमाण्डौंको केन्द्रिय अध्यक्ष नविन रोका मगरको प्रमुख आतिथ्यमा, विविध सांस्कृतिक कार्यक्रमको साथमा दोहाको फिलिपिनी सूकमा अवस्थित गल्फ होराईजन होटलमा सम्पन्न हुने कतारका अध्यक्ष महेन्द्र थापा मगरले बताए ।
हाल सम्म यस संघको मातहतमा ९ वटा एरिया समितिहरु, ८ वटा विभागहरु, नेपाल प्रवासी मगर वचत कोष, कतार, राहत कोष समिति चालु अवस्थामा रहेको छ भने संघको सुचना प्रवाहका लागी फेसवुक पेज रहेको छ । यस महाधिवेशन १५० जना प्रतिनिधिहरु तथा १३५ जना भन्दा बढि पर्यबेक्षकहरुको माझमा सम्पन्न हुन छ ।
उक्त महाधिवेशन सफल पार्नका लागि संघको तर्फवाट दोहा कतारमा स्थापित, बैचारिक संघ संस्थाहरु, जातिय संस्थाहरु, जिल्ला स्तरिय संघ संस्थाहरु, धार्मिक, महिला, समाजसेवी बुद्धिजिवि, साहित्यिक, कलाकार, खेलाडी तथा पत्रकार मित्रहरुलाई हार्दिक निमन्त्रणाको साथमा दोहा कतारमा रहेका मगर तथा गैर मगर दाजुभाई दिदिवहिनीहरुलाई उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनहुन का लागी हार्दिक अनुरोध गरिएको छ ।
नोट : संघको विधान–२००० (संशोधन २०१६) (पाँचौं राष्ट्रिय मगर भेलावाट पारित) को खण्ड ३ को दफा १० (ख) अनुसार यस संघकोे सक्रिय सदस्यता, नयां दर्ता तथा नविकरण खुल्ला गरिएको संपुर्ण कतारवासी दाजुभाई तथा दिदिबहिनीहरुमा सर्हष जानकारी गराउंदछौं ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend