साझा नेटवर्क
चोम बिष्ट, कतार ।
पसिनाको उचित मुल्य र श्रमको व्यवस्था नभएको यो हाम्रो देशमा त्यस भन्दा पनि हाम्रो जिल्ला बिकास तथा प्रविधी कारण गरिबिमा पिछडिएको हुनाले हामीले नेपाली युवा बढ्दो बेरोजगारीले गर्दा रोजगारको खोजी गर्ने क्रममा हामी नेपाली युवाहरू संसारका विभिन्न देशहरूमा आफ्ना वृद्ध, माता, पिता, फूल जस्ता लाला-बाला, जीवन साथी, गाउँ घरका इष्ट-मित्र, साथि सङ्गी प्राण भन्दा प्यारो नेपाल आमा र रोल्पा जलजलाको परिवेश गाउँ शहर नगर घर समाजलाइ चटक्कै छोडेर आखामा आँसुका थोपा मनमा अनेक अनावश्यक पिडा बोकेर आफ्नो रोजि रोटीको सिलसिलामा हामी यस कतारमा आइपुग्न बाध्य छौ ।
यस खाडी मुलुकको तातो गर्मी अनेकौं घटना दुर्घटना अप्रीय समाचार को गहन अध्यन गरि यी घटनाहरुमा केही मलम केहि सहयोग र राहतका लागि हामी रोल्पा जलजला सेवा समाज एक हुनुपर्छ भन्ने निर्णयका साथमा हामी सबै प्रवासी मिलि मौखिक, लिखित तथा सूचना आदानप्रदान गर्दै एउटा संस्थाको खाँचो महसुस गर्दै २०६५ सालमा हाम्रो सेवा समाज (रोल्पा जलजला सेवा समाज) को स्थापना गरियो ।
अबका भावी दिनको लागी हरेक बाधा अड्चन जस्तोसुकै दुख पिडा सहेर पनि उकाली सिडि चडाउने अभिभारा बोकि यो संस्थाकोको निर्माण गर्यौ । फलस्वरूप समाजका लागि हामि जुनसुकै समस्या कठिनाइ आइपरे पनि हामी हाम्रो सेवा समाजको लागि तत्पर रहने, प्रतिबद्धता व्यक्त गर्दै ।
जस्तोसुकै बाधा अड्चन संग पनि संघर्ष गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दै । यस सेवा समाजले के दियो के दिन सक्छ भन्दा पनि के गर्न सक्छु के गर्न सकिन्छ ? भनेर थोरै समयमा आफ्नो पहिचान र शिखर चुम्नमा सक्रिय सबै सदस्य को सक्रियता सद्भाव, जोश जाँगर र भित्री मनबाट उर्लेका लगनशीलता नै संस्थाको सम्पत्ति हो ।
मानव भएर जन्मनु मात्रै मानव होईन मानवीय मुल्य र मान्यता अनुरुप आचरण शैली र व्यवहार हामी सबै गाउँ, समाज, जिल्ला लगायत सिङ्गो नेपाल ब्यक्तिमा हुन आवश्यकता देख्दछौ । आजको परिवेशमा संघ सस्था परिवर्तन भएपछि मात्र परिवार समाज गाउँ जिल्ला र पुरै देशको परिवर्तन हुन्छ । हामी नेपाली हाम्रो नेपाल देश नेपाल र नेपाली भनेर विश्व सामु चिनाउनु छ ।
एकतामै हुन्छ ठुलो बल छुटेर फुटेर होईन संघ-संस्था संग हातमा हात काँधमा काँध मिलाएर हामी हाम्रो समाजलाई अगाडि बढाउनको लागि हामी कतारमा रहेका सम्पूर्ण रोल्पाली दाजु-भाइहरु तथा दिदी-बहिनीहरूलाई पनि यसै सस्था मा आबद्ध रहन अनुरोध गर्दै समाजको मासिक बैठक हरेक महिनाको दोस्रो शुक्रबार बस्ने हुदा र अहिले यश समाजको आठौं वर्ष पार संगै नवौं वर्ष प्रवेश गर्ने क्रममा नवौ अधिवेशनको लागि छलफल गर्नुका साथै विविध छलफल भएको हुदा उपस्थितिको लागि समाजले हार्दिक अनुरोध गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend