साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी जेठ १७ ।
आज विश्व धुमपान रहित दिवस गुल्मीमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष मे ३१ तारिखमा विश्व धूमपानरहित दिवस मनाउने गरिन्छ । विश्वमा सुर्तीजन्य पदार्थबाटै वर्षेनि ७० लाख मानिसको मृत्यु हुने गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीको आयोजना तथा नेपाल क्षयरोग निवारण संस्था गुल्मी, नेपाल हृदय रोग निवारण प्रतिष्ठानले संयुक्त रुपमा बजार अनसगमन तथा प्रभातफेरी गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगाना, सहायक प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा, प्रहरी उपरिक्षक भोला रावल, शसस्त्र प्रहरी नायव उपरिक्षक दिगबिजय सुवेदी, जिल्ला प्रसासन कार्यालयका प्रसासकिय अधिकृत भक्तिराम मरासिनी, अनुसन्धान कार्यालय प्रमुख प्रभु मल्ल, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख रामजी बानियाँ, सहयोगी संस्थाका जगन्नाथ गौतम लगायत सोहि कार्यालयका अधिकृत कृष्ण प्रसाद पन्थी र दिपक खनाल, पशुपति आचार्य लगायतको सहभागीता रहेको थियो ।
टोलीले जिल्लाका गौडाकोट, बिरवास र बलेटक्सारका विभिन्न पसलहरुमा सुर्तिजन्थ पदार्थको अवस्थाको बारेमा अनुगमन गरेको थियो । नियम बिपरित रहेका पसलहरुलाई पहिलो पटक सच्चिन आग्रह गरिएको छ । साथै बलेटक्सारमा अन्तरक्रिया समेत गरिएको छ । सोहि स्थानका सरोकारवालासंग विश्व धुमपान रहित दिवस, अवस्था र सान्दर्भिकताका बारेमा छलफल गरिएको थियो ।
अन्तरक्रिया पछि बजार परिक्रमा गरिएको थियो । नेपालमा सूर्तीजन्य पदार्थको कारणबाट वार्षिक २५ हजार मानिसको ज्यान जाने गरेको तथ्यांकमा उल्लेख छ । सूर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न हुने रोगको कारण प्रत्येक दिन करिब ४२ जना र प्रतिघण्टा दुई नेपालीको मृत्यु हुने गरेको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले बताउनुभयो ।
विश्वमा सूर्तीजन्य पदार्थको सेवन गर्नेको संख्या एक अर्ब ३० करोडभन्दा बढी भएको अनुमान छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा हरेक १० जनामा एक जनाको र प्रत्येक छ सेकेन्डमा एक जनाको सूर्तीजन्य पदार्थको असरले नै मृत्यु हुने गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले यस्तै अवस्था रहे सन् २०३० मा ८० लाख मानिसको मृत्यु हुने अनुमान गरेको छ । यसमध्ये ८० प्रतिशतको मृत्यु विकासोन्मुख मुलुकमा हुने गरेको छ ।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend