logo
  • शनिबार, भाद्र २० २०८३

विदेश जानू रहर होईन वाध्यता हो : हामी नेपालीको


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

चोम बिष्ट, काठमाडौ जेठ १६।
हामी नेपाली हाम्रो देश नेपाल अनि त्यस देश भित्रका हामी नागरिक जहाँ जन्म लिन्छौ अनि कर्मथलो पराइ भुमी जोकि देश देखि धेरै टाढा रहने गर्दछ।
जन्मेपछी शिक्षा दीक्षा यहि देशको माटोमा लिन्छौ अनि देशमा भने अनुसार काम अनि दाम नहुदा हामी थोरै पैसा धेरै लगानीमा पनि हामी विदेशिन बाध्य हुन्छौ । नत विदेशीएका नेपाली कामदारले भने जस्तो पाएका हुन्छन तलब अनि भने अनुसार सुबिधा त्यसको साटो ज्यान जोखिममा राखेर रोजी रोटिको रूपमा काम गर्ने गर्दछन।

यो वैदेशिक रोजगारले कति आमाको काख रितिएका छन भने कति दिदी बहिनीको सिन्दुर पुछिएका छन, त कतिका आमा बुवाको नाता तोडिएको छ । यस्तै यस्तै थुप्रै समस्या मनमा राख्दै उता विदेशमा पनि थुप्रै समस्या झेल्नु पर्ने हुन्छ । कतै कामको सिलसिला कतै बोलचाल खानपिन रहन सहन भेषभुशा थुप्रै समस्या झेल्नु पर्ने हुन्छ।

यस्तै यस्तै समस्याको बिचबाट पनि आफ्नो सुनौलो भबिस्यको नौलो सपना सझाउदै दिन रात काममा खटिरहेका हुन्छौ कल्पना गर्छौ । अर्को वर्ष आफ्नै देशमा गर्नुपर्छ भन्ने सोचाइ भएता पनि देशको मुल बेरोजगार समस्याले गर्दा दिनानुदिन बिदेश पलायन हुने युवाहरूको संख्या बढिरहेकोछ।

देशमै कुनै सानो पेशा जागीर गरौकि भनेर सोचौ भने हामी देशको लागि अयोग्य छौ एक जनाको कोटामा लाखौं जनाको भिडन्त हुने गर्दछौ त्यो भिडन्त मा लडेर समय बर्बाद गर्नु भन्दा शैक्षिक प्रमाणपत्र एउटा बाकसमा राखि एम आर पी पासपोर्ट प्रमाणपत्र बोकि विदेशीनै गर्द्छौ ।

आज यहाँ जन्मभुमी देश अनि परिवार बाट केहि दिन को लागि परिवार बाट मात्रै नभै देश बाट केहि वर्षको लागि जाँदै हुनुहुन्छ भने म पनि पर्सिको दिन आफ्नो जन्म गाउँ घर अनि त्यो समाजबाट टाढा भएता पनि पर्सिको दिन देश बाट केहि वर्षको लागि बाहिरीदैछु।

मनमा त पट्कै मन छैन आजभोलिको त्यो ठाउँको चर्को गर्मी अनि त्यो मालिकको चर्को गाली सुन्ने मन छैन तर गाली र समस्या भन्दा पनि भन्छन धन भनेपछि माहादेवको तीन नेत्र खुल्छन सायद तेहि होला धन भनेपछि सबै कुरा भुलेर जानैपर्ने हुन्छ।

जादा जाँदै अन्त्यमा विदेश जानू पुर्व एकपटक गाउँ घरमै केही गर्न सकिन्छ कि या जानू पुर्व कुनै न कुनै काम सिकेर मात्रै जाने प्रयास गर्नु होला विदेशमा कुनै रुखमा पैसा फल्दैन पैसा टिप्न कुनै पनि एक सीप हुनैपर्छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend