साझा नेटवर्क
दिल कुमार श्रेष्ठ, दोहा ।
नेपाली महिला समाज कतारले कतारका लागी नवनियुक्त राजदुत प्रो.रमेश प्रसाद कोइरालासंग भेटघाट गरेको छ। भेटघाटका क्रममा महिला दिदिबहिनिहरुले नेपाली ढाका टोपी लगाई सगुनको रुपमा दहि र फलफुल खुवाउदै कतारमा महामहिम कोइरालालाई स्वागत गरेका छन्।
दुतावासको कार्यलयमा महिला समाजकी अध्यक्ष सुस्मिता भुसालको नेतृत्वमा भेटघाट गरिएको थियो । साथमा प्रथम उपाध्यक्ष अमिना खान, उपाध्यक्ष जानुका बस्नेत, महासचिव अम्विका खत्री कोषध्याक्ष मिना गैरे लगायत कार्यसमिति सदस्यहरुको उपस्थित रहेको थियो ।
भेटघाटका क्रममा दिदिबहिनिहरुले कतारमा नेपालीे महिला समाजको अवस्था र महिला श्रमिकको हकहितका विषयमा ध्यानाकर्षण गराउदै विभिन्न विषयमा छलफल गरेका थिए । सोहि क्रममा समाजका पुराना र नँया गतिविधि र कार्ययोजना सहितका ज्ञापनपत्र बुझायो ।
उक्त भेटघाट कार्यक्रममा महामहिम राजदुतले वैदेशिक रोजगारमा आउने बिशेषत कतारमा आउने जो कोहिलाई पनि नेपालबाट कतार सम्मको जानकारी मुलक श्रब्य दृश्य सहितको भिडियो बनाई सहज बनाउने आफ्नो सोच रहेको खुलाएका थिए । साथै महिला श्रमिकको हकहितका विषयमा समस्या समाधान गर्न र दूतावासको तर्फबाट सधै तत्पर रहने समेत बताएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend