logo
  • शनिबार, भाद्र २० २०८३

तामाङलाई हवाई टिकट सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दिल कुमार श्रेष्ठ, दोहा ।
सार्दीखोला सेवा समाज कतारले राम  सिंह  तामाङलाई हवाई टिकट सहयोग गरेको छ । माछापुछ्रे  गाउँपालिका २ सार्दिखोला खैम्राङ स्थाई घर भएका स्थायि घर तथा हाल माछापुछ्रे गाउँपालिका  २, वांजोखेत वसोवास भएका कतारमा कृयासिल कास्की सार्दिखोला समाजले स्वदेश फिर्तिको निम्ती एकतर्फी हवाइ टिकट सहयोग गरेको छ ।

उनि २१ जुलाई २०१७ का दिन हिमालयन एरलाइन्सवाट स्वदेश फिरेका छन् । विगत एक  बर्ष  अघी फोरमेन भनी कतार आई पुगेका तामाङका अनुसार लेवरमै आफुले काम गर्नु परेको थियो । विगत केही महिना अघी देखी तलव वरावर नपाएको र आफ्नो अवस्थाता कारण स्वदेश फिर्ती हुन चाहेर कम्पनिमा आग्रह गर्दा टिकट आँफै ल्याउनु पर्ने बताएको जानकारी समाजलाई उनले आफ्नै गाउले दाजुभाइ सम्झेर सहयोगका निम्ती अनुरोध गरेका थिए ।प्रदेशी भुमिमा आफ्नो दाजुभाइ समस्या परि संस्था समक्ष हार गुहार गर्न पुगेका तामांगको सहयोगको लागी सस्थाको नियमित वैठकले सहयोग गर्ने निर्णय गरेको थियो । तामांगलाई वर्तमान सचिव शपारसिङ तामाङले टिकट व्यवस्थापन गरी तामाङलाई हस्तान्तरण गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend