logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा कार्यरत एक नेपालीको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

घनश्याम पराजुली, दोहा ।
कतारको एक कम्पनीमा कार्यरत नेपालीको कार्यस्थलमा मृत्यु भएको छ । भवन निर्माण कम्पिनमा कार्यरत रुपन्देहीका चिनक मल्लाहको दुर्घटनमा परि निधन भएको हो । गत १६ मेई का दिन अल बन्दरी इन्जिनियरीङ्ग ट्रेडिङ्ग एण्ड कन्ट्रयाक्टीङ्गको निर्माणधिन भवनमा दुर्घटना हुदा उनको मृत्यु भएको कतार स्थित नेपाली दुतावासले जनाएको छ ।

मल्लाहको निर्माणधिन भवनको स्काफोल्डीङ्ग फुस्किदा निधन भएको हो । उनी सँगै अन्य देशमा दुई कामदारको समेत निधन भएको छ भने एक नेपाली कामदार घाईते भएका छन । घाईते हुनेमा दाङ्गका गंगाराम चौधरी रहेको दुतावासले जनाएको छ । उनीसँगै अन्य केही कामदार समेत घाईते भएका छन । कतारको ओम सलाल अलीस्थित अल बन्दरी कम्पनीले भवन निर्माण गर्ने क्रममा उक्त घटना घटेको हो ।

दुतावासको ध्यानाकर्षण

कतार स्थित नेपाली दुतावासले प्रेस व्यक्तव्य जारी गर्दै कतारमा भएको घटना बारे जानकारी दिएको छ । सामाजिक सन्जालमा एकाएक भाईरल भएको भिडियो कतारको नभई अन्य देशको रहेको दुतावासले जानकारी दिएको हा्े । कतारमा दुर्घटनामा परी ठूलो संख्यामा नेपाली कामदारहरु हताहतभएको भनी विभिन्न समामाजिक सन्जाल तथा अनलाईनहरुमा प्रेषित गलत समाचार प्रती दुतावासको ध्यानाकर्षण भएको प्रेस वक्तव्यमा उल्लेख छ ।

सम्बन्धित घटनाको बारेमा नबुझी सर्वसाधारणमा भ्रम सृजना नर्गन दुतावसले आग्रह गरेको छ । दुतावासले घटनाको बारेमा यथार्थ बुझ्ने प्रयास गरेको बताउदै समाजिक सन्जाल आएको तस्विर र भिडियो कतारको नभएको नेपाली दुतावासका द्वितिय सचिव नितेस सापकोटाले जानकारी दिएका छन ।

कतारमा चार लाख भन्दा बढी नेपाली कार्यरत छन । सामाजिक सन्जालमा भाईरल बनेको भिडियोले कतारमा कार्यरत धेरै नेपाली कामदारका परिवारलाई चिन्तित बनाएको थियो । तथ्यहिन समाचार प्रेषित गरी सर्वसाधारमा भ्रम सृजना नर्गन दुतावासले अनुरोध गरेको छ ।

दुर्घटनामा सामान्य घाइते भएकालाई उपचार गरी कम्पनीको क्याम्पमा पठाइसकेको छ । त्यस घटनामा मृत्यु हुने कामदारलाई क्षतिपुर्ति दिइने रक्षा मन्त्रालयद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend