साझा नेटवर्क
साझा नेटवर्क कतार।
नेपाल पत्रकार महासंघ कतार शाखा द्वारा कतारका लागी नबनियुक्त राजदुत प्रो. रमेश प्रसाद कोइराला ज्यु सग पत्रकार महासंघ कतार शाखाद्वारा भेटघाट गर्दै स्वागत गरेको छ ।
कार्यबाहक अध्यक्ष दिपक पुडासैनीको नेतृत्वमा सचिब नबराज बि. क कोषध्याक्ष घनश्याम पराजुली कार्यसमिति सदस्य महेन्द्र प्रसाद पोख्रेल पुर्ब कार्यसमिति सदस्य चिरञ्जीवी तिमिल्सिना लगायत को उपस्थित रहेको थियो । कतारमा नेपाली समुदायको अवस्था र श्रमिकको विषयमा पत्रकारहरुले ध्यानाकर्षण गराउदै विभिन्न विषयमा छलफल भएको थियो ।
उक्त भेटघाट कार्यक्रममा महामहिम राजदुतले नेपालमा लगानीको बाताबरण बनाउन कतारमा दक्ष श्रमिक नेपालीको रोजगारीको अवसर थप गर्दै कतार सरकारका निकाय सग मैत्रीपुर्ण बाताबरण बनाउने बताउनुभयो । अब वैदेशिक रोजगारमा आउने बिशेषत कतारमा आउने जो कोहि लाई पनि नेपाल बाट कतार सम्मको जानकारीमुलक श्रब्य दृश्य सहितको भिडियो बनाइ सहज बनाउने सोच रहेको जानकारी दिनुभयो ।
कतारमा श्रमिकका समस्या समाधान गर्न र दूतावासको तर्फबाट सधै तत्पर रहने बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend