logo
  • शनिबार, भाद्र २० २०८३

तपाईलाई नै जिताउन पर्ने कारण के उम्मेद्वार ज्यू ?


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अनिश शर्मा गैरे, गुल्मी बैशाख २९।
देशका ३४ जिल्ला यतीबेला चुनावमा होमिएका छन । प्रत्येक स्थानीय तहहरुमा निर्वाचन सँगै प्रचार प्रसार सँगैका नाराहरु घन्किइरहेका छन । उम्मेद्वारहरु प्रतिस्पर्धामा उत्रीरहेका छन ।
यस्तै अवस्थामा बाग्लुङ्गको बडिगाढ गाँउपालीकामा चुनावी प्रतिस्पर्धामा उत्रीएकाहरु सँगै एक बहस भयो खर्बाङ्गको जिबिस हलमा । उक्त बहसमा नेपाली काँग्रेसकी उम्मेद्वार गण्डकी थापा अधिकारी, नेकपा एमाले र माओबादी केन्द्रका संयुक्त रुपमा प्रमुखमा एमालेका मेहरसिँह पाइजा, उपप्रमुखको लागि एमाओबादीका राजिव घिमिरे तथा राष्ट्रिय जनमोर्चाका भिमसेन बनले आफ्नो आफ्नो धारणा राखे र सहभागीले सोधेका प्रश्न र जिज्ञासालाइ सम्बोधन गरे ।

पढौ उनीहरुले भनेका कुराहरु संक्षिप्त रुपमा ।
सबैभन्दा पहिले कार्यक्रम सञ्चालक कमल पौडेलले प्रत्येक उम्मेद्वारहरुलाइ बोल्नको लागि ४/४ मिनेटको समय दिए । सबैभन्दा पहिले बोल्न थालीन नेपाली काँग्रेसकी महिला नेतृ तथा बडिगाढ गाँउपालीका प्रमुखकी उम्मेद्वार गण्डकी थापा अधिकारी ।

उनले आफ्नो पार्टीले महिलालाइ सम्मान गर्दे टिकट दिएको बताइन । उनले गाँउपालीकाको स्तरोन्नतीको लागि सपना देखेको बताइन । ‘महिला भएपनि पुरुष भन्दा कमजोर छैन’ उनले भनिन् ‘समाज बिकासको आधार राजनीति भएकोले स्थायी जागीर छोडेर प्रमुख पदमा उठेँ । उनले पैसाको लोभ भएर उम्मेद्वार दिएको नभएको बताइन । ‘पैसाको लोभले उम्मेद्वारी दिएको होइन’ उनले भनिन ‘यदि पैसाको लोभ हुन्थ्यो भने मैले १० बर्षेदेखी खाएको स्थायी शिक्षण पेशा किन छोड्दथेँ ?’ ।

उनले आफुसँग शैक्षिक योग्यता पनि राम्रो भएको बताइन । उनले मास्टर डिग्री पास गरेको जानकारी दिइन । गाँउपलीकामा आर्थिक रुपान्तरण सँगै परिबर्तनको सपना आफुले देखको बताइन । आफु सबैको साझा छोरी, बुहारी भएको कारणले आफुलाइ भोट दिन आग्ह गरीन । उनले गाउँपालीकालाइ सिस्टममा लैजाने बताइन ।

यति भन्दै गर्दा उनको चार मिनेटको समय सकियो र सञ्चालक पौडेलले समय एमाले तथा माओबादीका संयुक्त उम्मेद्वार एमालेका मेहरसिँह पाइजालाइ दिए । उनले पनि कुरा सुरु गरे तर आफ्नो बारेमा बताउन थाल्दा धेरै चुनावी कुराहरु बोल्न पाएनन । आफु यस क्षेत्रको प्रकृति सँगै खेल्दै आएको र सबै भौगोलिक बस्तुस्थिती बुझेको भएकोले आफुले जित्नुपर्ने बताए । ‘म यस गाँउपालीकामा रुख जँगल, खोला नाला गर्दे आएको मानिस हुँ, अथवा प्रकृतिमा रमाउने मानिस हुँ ।

उनले भने ‘यस गाँउपालीकाका जनताले के खोजेका छन भन्ने कुरा मैले जानेको छु, अध्ययन गरेको छु । उनले बिकासका हिसाबले आफु गाँउपालीकामा निकै अनुभवी भएको हुनाले आफुले पालीकालाइ राम्रो सँग बिकास दिन सक्ने बताए । यत्तिकैमा उनको पनि चार मिनेटको समय सकियो र सञ्चालक पौडेलले समय राष्ट्रिय जनमोर्चाका उम्मेद्वार भिमसेन बनलाइ दिए । शान्त भएर बोल्न जानेका बनले पनि आफु समृद्ध गाँउपालीका निर्माणको सपना सँगै उम्मेद्वारी दिएको बताए ।

गणतन्त्रलाइ संस्थागत गर्न, संबिधानले प्रदान गरेका अधिकारहरु स्थापित गर्न र संबिधान कार्यान्वयन गर्न मैले उम्मेद्वारी दिएको हुँ’ उनले भने ‘संबिधाले दिएको अधिकार हुबहु जनता सामु कार्यान्वयन गर्नु आफ्नो नेतृत्वको लक्ष्य हो’ । उनले बिकासका पुर्वाधारहरु शिक्षा, स्वास्थ्य लगायतको राम्रो बिकास गरी नागरीकको सुखयम जीवनयापनको लागि आफुले जित्नुपर्ने बताए । जलश्रोतले पनि धनी भएको पालीका भएको हुनाले आफुले जितेपछि सबैसँग छलफल गरी बिकासका काममा अघि बढ्ने बताए । यसपछि उनको पनि समय सकियो र बोल्न थाले अर्का उपप्रमुखका उम्मेद्वार राजीव घिमिरे ।

माओबादी केन्द्रको तर्फबाट उपप्रमुख पदमा उम्मेद्वार दिएका माओबादी केन्द्रका केन्द्रिय सदस्य राजिव घिमिरेले यस गाँउपालीका भएका बिकासहरु सबै कामहरु आफु एक्लैले गरेको बताए । राष्ट्रिय जनमोर्चादेखी राजनीति सुरु गरी माओबादीमा लागेको उनले जानकारी दिए । उनले पश्चिम क्षेत्रमा बिकासका काममा आफु धेरै पहिलेबाट संलग्न भएको बताए । ‘अहिलेको राजनीतिक उपलब्धि भन्दा फरक बिकास दिन सवल, सक्षम र नेतृत्वदायी भुमीका आबश्यक छ’ उनले भने ‘यस पालीकाका सम्पुर्ण कुराहरु सहित नया योजनाले बिकास गराउने मेरो लक्ष्य र सोँच छ’ ।

उनले त्यस क्षेत्रमा नदि तटबन्द, हरियाली ब्यबस्थापनमा काम गर्ने बताउँदै शिक्षा, स्वास्थ्य, कृषिका क्षेत्रमा आफुले करोडौ बजेटका बिकासका योजनाहरु लिएको बताए । उनले महिला बालबालीकाको लागि केयर सेन्टर, प्रत्येक गाबिसमा बिशेष योजनाहरु लिएर आउने बताए । त्यसेले पनि आफ्नो प्यानलले जित्नुपर्ने बताए । त्यसपछि सबैको समय सकिएपछि पत्रकार कमल पौडेलले फेरी आफ्नो प्रश्न काँग्रेसकी उम्मेद्वार गण्डकी थापातिर तेर्साए । उनले शिक्षण छोडेर किन राजनीतिमा लागेको भनी प्रश्न साधे ।

अनि गण्डकीले आफु शिक्षणमा मात्र लाग्दा पढाउने काममा मात्र सीमित भएको कारणले फराकिलो दायराबाट सेवा गर्नको लागि उम्मेद्वारी दिएको बताइन । ‘राजनीति बिना समाजको बिकास सम्भब छैन’ उनले भनिन् ‘ब्यबस्थीत राजनीति, सिस्टमको बिकास गर्न र खुलेर जनताको सेवा गर्नको लागि शिक्षण छोडेर राजनीतिमा लागेँ’ । उनले आफ्नो पेशा भन्दा ठुलो समाज र जनता भएको बताइन । ‘मेरो मान्यता राजनीति गर्ने ब्यक्तिले मात्र होइन अन्य पेशा गर्नेले पनि बिकासका काम गर्न सक्छन भन्नु हो’ उनले भनिन ।

अब फेरी समय आयो मेहरसिँह पाइजाको । उनलाइ सोधिएको प्रश्न थियो, तपाइलाइ नै भोट किन दिने ? र उनले थप्दै गए । उनले आफुले बिकासका सम्पुर्ण कुुराहरु बुझेको बताए । ‘मैले यस क्षेत्रमा निस्वार्थ रुपमा समाजमा घुलमिल भएको काम गरेको छु’ उनले भने ‘गाँउपालीकालाइ समृद्ध बनाउन र परिवर्तन गर्न नमुना बनाउन मलाइ भोट दिनुपर्छ’ ।

राष्ट्रिय जनमोर्चाका भिमसेन बनले आफुले जेलजीवन, हिरासत, घाइते सबै अबस्था भोगेको कारणले र सक्षम नेतृत्व दिन सक्ने भएकोले गाउँपालीकामा जिताउनु पर्ने बताए ।
‘अहिले चाहाना भएका युवाहरुमा पनि सक्षम भिजन हुनुपर्छ’ उनले भने ‘उमेरले कान्छो भएपनि म अनुभवमा कलिलो होइन’ । उनले गाँउपालीकाका १७ हजार २ सय १७ जना नागरीकको प्रतिनिधि बन्ने बताए । एमाओबादीका नेता घिमिरेले यस क्षेत्रमा अहिले सम्म जितेका नेताहरुले गरेको बिकास र आफुले गरेको बिकासको लिस्टको तुलना गर्न आग्रह गरे ।

उनले बिकासका सबै कामहरु आफुले गरेको श्रेय लिन खोजे । उनले बुर्तिबाङ्गलाइ नमुना शहरको योजना आफुले पारेको बताए । अन्यतमा नेपाली काँग्रेसकी उम्मेद्वार गण्डकी थापा अधिकारीले अन्य पार्टीहरुले तालमेलको बाहानमा संबिधान कुल्चेर महिलाहरुलाइ अधिकारबाट खोसेको बताइन । उनले नेपाली काँग्रेसले उदारताका साथ महिलाले पनि गर्न सक्छन भन्दै प्रमुख पदमा आफुलाइ उम्मेद्वार बनाएको हुनाले सबैलाइ जिताउन आग्रह गरीन । उनले अन्य पार्टी भन्दा काँग्रेस फरक भएको बताइन । उनले सबैलाइ एउटै आँखाले हेर्ने बताइन ।

उनले पाँच बर्ष पछि आफुले कस्तो गाउँपालीका बनाउने भन्ने प्रश्नमा सबै दलहरु सँग मिलेर जाने बताइन । उनले देशलाइ स्विजरल्याण्ड बनाउने जस्तो असम्भब कुरा नगर्ने बताउँदै ब्यबस्थापकीय काम राम्रो सँग गरिने बताइन । उनले पाँच बर्षमा उथलपुथल गर्न नसकिने बताउँदै महिलाहरुको जीवनस्तर उकास्न, उनीहरुलाइ शसक्त बनाउनको लागि काम गर्ने बताइन । उनले चालक राम्रो भएमा मात्र गाडी सहि गन्तब्यमा पुग्ने कुराको उदाहरण पनि दिइन । सोही प्रश्नमा एमालेका प्रत्याशी महेरसिँह पाइजाले पाँच बर्षमा आफुले बिकासका अवधारणालाइ रेखाङ्कन गर्ने बताए । उनले सम्भावनाको खोजी गरी बिकास गराउने बताए ।

त्यस्तै गरी राष्ट्रिय जनमोर्चाका भिमसेन बनले केन्द्रको सरकारको मुख नताकी फरक तरिकाबाट जनताको जीवन सहज बनाउने बताए । आफुले अहिले दौडेर भोट मागेको हुनाले पछि पनि दौडेरै काम गर्ने बताए । सबैलाइ मिलाएर बिकास गर्ने उनको भनाइ छ ।
अन्त्यमा एमाओबादीका राजीव घिमिरेले गाँउपालीकामा ब्यबस्थापन, प्रंशासन र समायोजनलाइ राम्रो सँग अगाडी बढाउने बताए । उनले सबैको बिचार र अस्तित्वलाइ सम्मान गर्दे अघि बढ्ने बताए । र अन्त्यमा सबैका कुराहरु सन्दै उपस्थितहरुले केही जिज्ञासाहरु प्रस्तुत गरे र नेताहरुले जिज्ञासा मेटाउने काम गरे ।

सो कार्यक्रममा सामुदायिक रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्ज मुसीकोट नपा ७ वामीटक्सार, सामुदायिक रेडियो सारथी १०७.४ मेगाहर्ज खर्बाङ्ग, र रुद्रावती केवल नेटवर्कको आयोजना रहेको थियो भने दुइ रेडियोले प्रत्यक्ष प्रशारण गरेका थिए । उक्त कार्यक्रममा यहाँको स्थानीय टिभिीले पनि प्रशारण गरेको थियो । यसरी सबै उम्मेदवारहरु सँगै बसेर गरिएको कार्यक्रम निकै प्रभाबकारी मानिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend