logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मीमा वैशाख २८ देखि भारतिय भुपुलाई पेन्सन वितरण


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अनिल खत्री, गुल्मी वैशाख २७ ।
गुल्मीमो भारतिय सेना बाट अबकास प्राप्त भु.पु.सैनीकहरुका लागी बितरण गरिने पेन्सन क्याम्प बिहिवारबाट बितरण गरिने भएको छ । भारतका बिभिन्न सेना तथा बिभिन्न सरकारी सेवाबाट अवकाश प्राप्त भुपुहरुलाई बितरण गरिने पेन्सन क्याम्पको तालिका अनुसार गुल्मीमा बैशाख २८ गते अर्थात बिहिवारबाट बितरण गरिने भएको जिल्ला शैनिकबोर्ड गुल्मीले जनाएको छ ।

स्थानिय निर्वाचनले गर्दा फेरबदल भएपनि गुल्मीमा पुरानै तोकिएकै मिति बैशाख २८ गते देखि जेठ ९ गते चल्ने जिल्ला शैनिक बोर्ड गुल्मीका सेक्रेटरी बिष्णुकुमार थापाले जानकारी दिए । अबकाश प्राप्त भुपुलाई प्रत्येक वर्षको ६/६ महिनामा बितरण गरिदै आएको पेन्सन बितरण गरिदै आएको छ ।

सदरमुकाम तम्घासमा बितरण हुने गुल्मी जिल्ला लगायत बाग्लुङ्ग, अर्घाखाँची, प्युठान लगायतका ठाउँका भुपुहरु करिव ७ हजार भन्दा वढीले पेन्सन क्याम्पमा बुभ्mने थापाले बताए । पेन्सन क्याम्प चल्ने भएसगै बुधवारबाटै तम्घासको बाख्रेछेडा बजारमा चलहपहल बढेको छ ।

क्याम्पलाई मध्यनजर राखेर स्थानिय तथा जिल्लाबाहिरबाट बिभिन्न व्यापार लिएर तम्घास आउने गर्नाले पनि चपहपहल वढने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend