साझा नेटवर्क
कुमार “अविरल” पन्थी, कतार ।
“प्रवासमा नेपाली कलाकारहरु एक हौऔ, नेपाली कला, सस्कृती र प्रतिभाको सम्मान तथा प्रवर्द्धन गरौ” भन्ने मूल नाराका साथ अगाडी बढीरहेको बसन्त फिल्मस् प्रा.लि.ले चर्चित डान्सर तथा मोडल एवम फिल्मसका सदस्य अजय परियारलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै स-सम्मान बिदाई गरेको छ ।
बिगत लामो समय देखि कतारमा कार्यरत परियारलाई फिल्मसले एक कार्यक्रमका बीच बिदाई गरेको हो । सोहि अवसरमा UNI DANCE GROUP, कास्की आदर्श सेवा समाजले समेत परियारलाई सम्मान गरेका थिए । कतारको दोहामा अवस्थित नेपाली आगन रेस्टुरेन्टमा आयोजित कार्यक्रममा फिल्मसका प्रबन्ध निर्देशक ईश्वर काफ्ले सभापति तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य हँसराज ढकाल प्रमुख अतिथि रहेका थिए ।
तेस्तै खस क्षेत्री सेवा समाजका अध्यक्ष खगेन्द्र कार्की, कास्की आदर्श सेवा समाजका सचिव विस्व बन्धु थापा, फेवा सास्कृतिक परिवारका संयोजक तथा समाज सेवी विक्की बि.क., नवोदित साहित्यिक वाचानालयका सचिव राजन लामा, UNI DANCE GROUP का संयोजक यूवराज वली विशेष अतिथि रहेका थिए । साथै गित संगीत र कलाकारहरुलाई माया गर्नेहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रम संस्थाका व्यवस्थापक सरद पाण्डेको स्वागत मन्तव्य संगै अघि बढेको थियो ।
कार्यक्रममा वक्ताहरुले आफ्नो मन्तव्य राख्दै परियारलाई साँगीतिक यात्रा सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै परियारले कतारको बसाईलाई बिट मार्ने क्रममा आफ्नै सस्था बसन्त फिल्मस् बाट सम्मानित तथा माया पाउदा खुसीको सिमा नरहेको बताए । यहाँ रहदा सस्था र मेरो सम्बन्ध नङ र मासुको जस्तै थियो, नेपालमा फर्किएपछी अझ गाढा हुने छ, मैले सस्थाको थप जिम्मेवारी लिएर नेपाल फर्किदै छु । बसन्त फिल्मसलाई संसारको जुनसुकै कुनामा पुगेपनि भुल्ने छैन, जसले मलाई यहा सम्म आउँन मुख्य भूमिका खेलेको छ ।
कतारमा रहदा साथ र सहयोग गर्नुहुने सम्पूर्ण संघ सस्था विभिन्न व्यक्तित्वका साथै बसन्त फिल्मसका सम्पुर्ण पदाधिकारीहरुलाई विशेष आभार प्रकट गरेका थिए । तिलु शर्मा पौडेलको संचालन रहेको कार्यक्रमलाई फिल्मसका प्रबन्धक निर्देशक तथा सम्मान कार्यक्रमका सभापती काफ्लेले कार्यक्रमलाई समापन गर्दै प्रवासमा रहेर पनि नेपाली कला र सँस्कृतीको जर्गेना तथा सम्मान गर्दै नेपाली कला संस्कृतिलाई टेवा पुग्ने काम गर्दै अगाडी बढ्ने कुरा बताए ।
सस्थाका सदस्यहरु प्रवासको बसाईलाई बिट मारेर स्वदेश फर्किरहेका छन् एउटा प्रवासी कलाकारबाट राष्ट्रिय कलाकार बनेर पुनः कतारमा स्वागत गर्न पाइयोस । जुन उदेश्यका साथ कलाकारिताको क्षेत्रमा आवद्ध बनिएको छ, त्यसको सहि सदुपयोग गररेर अगाडी बढ्नु पर्ने बताउदै परियारलाई यात्रा सफलताको शुभकामना दिएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend