साझा नेटवर्क
कतार ।
गत शुक्रबार नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा नेपाल मगर संघ, शाखा कतारको प्रमुख सल्लाहकार भिम तरामु मगर प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम का.वा. महासचिव विवेक पुलामी मगरको सञ्चालनमा एक कार्यक्रमका विच सम्पन्न गरको छ ।
संघका पदाधिकारीहरु, सल्लाहकार सदस्यहरु, विभिन्न एरिया समितिका प्रतिनिधिहरु, कलाकारहरु, खेलाडीहरुको माझ कतार प्रवेश गरे देखिनै सक्रिय सदस्य भई संघ प्रति निस्वार्थ भावनामा कार्यहरु गरी संघको नवौं कार्यकाल (२०११—२०१३) को अध्यक्ष जस्तो गरिमामय पदमा रहेर हाल नेपाल मगर संघ, शाखा कतारको २०१३ देखि २०१७ सम्मको अवधि सम्ममा प्रमुख सल्लाहकारको पदमा रहेर निष्ठा एवं ईमान्दारीका साथ आफ्नो पदिय दायित्व निर्वाह गर्नु भएकोमा संघको सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुभई संघलाई अतुलनीय सहयोग पुराएको भन्दै सम्मान गरेको थियो ।
उहाँ कतारको बसाईलाई बिट मारेर नेपाल जानु लाग्नु भएकोले उहाँलाई स—सम्मान गर्दै संघको तर्फवाट अध्यक्षले दोसल्ला ओढाएर सम्मान गनुभएको थियो । साथमा सम्मान पत्र र मायोको चिनो प्रदान गर्नु भएको थियो । यो भन्दा अगाढी मगर संघ कतारले पुर्व अध्यक्ष छत्र ब. घले मगरलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रमुख अतिथि भिम तरामु मगरज्युले मन्तब्यको क्रममा आफु विश्वमा जतासुकै रहेपनि मगर र मगरहरुको हक हित अनि अधिकारको लागि लडि रहने बताउनु भएको थियो । उहाँले भावुक हुंदै संघले दोसल्ला ओढाएर अझ बढि कार्यभार थपेको महशुस गरेको र यस रिणलाई बाचुन्जेल आफ्नो जाति प्रति समर्पित भएर लडिरहने प्रण गर्नुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend