-मनिकला महतारा।
दुई दशकदेखि हुन नसकेको स्थानिय तहको निर्वाचनको मिति पनि नजीकिदै छ । निर्वाचनले हरेक क्षेत्रको माहोल तातेको छ । गाउगाउमा चुनावी चहलपहल बढेको छ । यतीबेला सबै राजनिती पार्टीहरुलाई भ्याइ नभ्याइ छ । लामो समयदेखि दलहरुलाई मतदान गर्दै आएका जनताहरु लगभग दुई दशकपछी स्थानीय तहमा आफुले छानेका दलहरुका प्रतिनिधि उम्मेदवारलाई मतदान दिदै छन ।
यसपटक चुनावमा प्रमुख, उपप्रमुख, सदस्य, महिला, दलित सबैलाई समावेश गराइएको छ । दश वर्षको जनयुद्ध र लोकतान्त्रिक गणतन्त्रपछी देशमा केही हद्सम्म परिवर्तन त भयो जनताहरु पनि पहिलाको भन्दा केही सचेत पनि भए तर राजनितीमा भने अझै पनि सुधार्नु पर्ने पक्षहरु धेरै नै छ । अझै पनि राजनितीलाई फोहोरी खेल बनाईएको छ । आम जनताको मस्तिष्कमा आज पनि राम्रो र असल मान्छेले राजनिती गर्दैन भन्ने धारणाले जरो गाडि बसिसकेको छ ।
किनकि आज पनि विभिन्न दलका प्रतीनिधिहरुले चुनावी समयमा गाउगाउँमा जाने भोजभतेर गर्ने, पैसा बाड्ने, रोजगारि दिने जस्ता प्रलोभन देखाउने, ठुला ठुला भाषण गर्ने तर व्यवहारमा उतार्न नसक्ने जस्ता राजनिती धमिल्याउने काम गर्दै आइरहेका छन । तर यिनै गलत धारणाहरुलाई चिर्दै नयाँ युवा नयाँ जोशजागरका साथ नयाँ उर्जा लिएर देश र राजनितीलाई नयाँ मोड तर्फ लैजान अग्रसर भएका देखिन्छन् । हुन त राजनैनिक नेतृत्वले नै सहि दिशा नदिएसम्म समाज र देश्को समृद्धि र विकास पनि त सम्भव छैन नि ।
स्थानिय निर्वाचनको चुनावले जनतामा फेरि एकपटक आशा पलाएको छ । आउँदो वैशाख ३१मा निर्वाचन मिति तोकिएको छ । मिति सार्न चलखेल पनि भइ नै राखेका छन। तर स्थानिय चुनाव हुन आम जनताको लागि अति आवश्यक पनि छ । बेला बेलामा सरकार बन्ने र भत्किने प्रक्रियाले विकासका कयौं कामहरु अलपत्र परेका छन । स्थानिय तहको निर्वाचनले मात्रै योग्य उम्मेदवार छानेर पदमा पुर्याएपछी रोकिएका विकासका कामहरु सहज ढंगले पुरा गर्न सकिने आम जनताको सोचाइ रहेको छ । नयाँ पुस्ता नयाँ सोचका साथ अघि बढदै छन ।
गाउँ, समाज र देश बनाउने चाहना सबैमा निहित नै छ । यती बेला जनताले नयाँ राजनैतिक धार खोजी रहेको छ । आम जनताले यतीबेला तेस्तो राजनैतिक नेतृत्व चाहन्छ्न जसलाई भोट दिएर आउदो ५ बर्षसम्म पछुतो मान्न नपरोस् । पार्टीले पनि आफ्नो प्रतिनिधि छान्दा जनताको चाहना बुझ्ने, सजिलै जनतामा भिझ्न सक्ने इमानदार छवि भएको पारदर्शी विचार भएको व्यक्तिगत भन्दा पनि सामुहिक विकासका अवधारणा ल्याउन सक्ने रोकिएका कामहरुलाई तीब्र ढंगले सम्पन्न गराउन सक्ने हैसियत भएको नेतृत्व छान्नु भएमा जनताले पनि पार्टीगत स्वार्थ नराखी योग्यलाई नै विजयी गराउन सक्ने छन ।
उम्मेदवार आफू पनि कुनै भेदभाव नगरि युवा, वृद्ध, अपांग, महिला, दलित र बालबालिका सबैलाई समान रुपले एक रुपता दिन सक्ने हुनु पर्द्छ । उम्मेदवारले जित्ने भनेको नै उम्मेदवारको छवि र पार्टीको भोटले हो । तसर्थत पार्टीले पनि राम्रोसङ्ग नेतृत्व गर्न सक्नेलाई मात्र टिकट दिने जथाभावी नगर्ने गर्दा नै उपयुक्त हुन्छ कि ?
अब जनता आफूले चिनेका जानेका, आफू सङ मिलेर काम गर्न सक्नेलाई मात्रै भोट दिने छन । आजको समयमा जनताले कस्ले विकास गर्न सक्छ, कस्ले परिवर्तन ल्याउन सक्छ त्यसलाई नै मतदान गर्ने छन । अन्त्यमा सकिन्छ भने पार्टी भित्रमै गतिलो नेतृत्व छन्नी छैन भने परिवर्तन र विकासको लागि भएपनि राम्रो नेतृत्व छान्ने कि ? नयाँ संविधानले यस पटक निर्वाचित उम्मेदवारलाई धेरै अधिकारपनि दिएको छ ।
यस पटक केन्द्रमा रहेका अधिकार स्थानिय तह हुँदै आम जनताको घरदैलोसम्म पुरयाएको छ । तर अझै पनि आम जनतालाई स्थानिय तहका काम, कर्तव्य र अधिकार के कति लिन सकिन्छ भन्ने बारेमा अझै जानकार छैनन् । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले स्थानिय तह्का काम र अधिकार सम्बन्धमा २० पृष्ठ लामो आदेश जारी गरेको छ ।
गाउँपालिका र नगरपलिकालाइ व्यवस्थापिकय जिम्मेवारी दिनुको साथै वडाहरुले नियमित कामकारबाहीका धेरै अधिकार पनि पाएका छन । गा.वि.सा.लाई वडा बनाइएको छ । स्थानिय विकास मन्त्रालयका आदेशअनुसार वडाहरुले दर्जनौ सिफारिस र प्रमाणित गर्ने अधिकारसमेत पाएका छन स्थाननिय निकायलाई सिधा सिंहदरबार सङ जोडिएको छ ।
अबका आम जनताबाट छानिएका प्रतीनिधिले जनताको समस्या र विकासको एजेन्डालाई सहजै सम्बोधन गर्न सक्ने हैसियतको हुनुपर्छ । साथै सकारात्मक सोच विकासशिल धारणा, व्यक्तिगत स्वार्थ पुर्ती भन्दा जनताको हितमा लागि पर्ने अटल भावना भएको अनि पार्टीको सिमारेखामा रहेर काम गर्न सक्ने हुनु पर्द्छ । निर्वाचनमा विजयी हुने सबै उम्मेदवारहरुलाई अग्रिम शुभकामना ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend